ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा


एबीसी न्यूज

 unn.prixa.net

काठमाडौं , १९ असार । दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३ – २ गोलले हराएको हो । दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।

रसियाको रोस्तोभ एरिना रंगशालामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।

विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डबिरुद्ध यस्तै नतिजा निकालेको थियो ।

क्वार्टरफाइनल चरणमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ । राती नै भएको खेलमा मेक्सिकोलाई २ – ० गोलले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।

विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा महंगो (खेलाडीको मूल्यका आधारमा) टोली बेल्जियम पहिलो हाफमा भने प्रभावकारी बन्न सकेन । तर उसले जापानलाई दबाबमा राखेको थियो । उसका लागि स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई शानदर मौका खेर फालेका थिए ।

तर, दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे ।
त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरद्ध जापानले दोहोरो अग्रता बनायो ।

सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।

तर, बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो ।
७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासिर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com