ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात


bhawani desk
असार १७, २०७५ आईतबार  ४ : ५७ बजे

इलाम, १७ असार । दुई वर्षअघि स्थापित सेतोट्यामी दुध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।
कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ ।

दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यू पनि सेतोट्यामीले संकलन गर्दै आएको छ । इलाम र अन्य चार वटा जिल्लाबाट छुर्पी संकलन गर्छौं । हामीले उत्पादन गरेको र खरिद गरेर वर्षेनी तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ , श्रेष्ठले भन्नुभयो ।

सेतोट्यामीले उत्पादन गरेको र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म प्रालि र मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि हुँदै अमेरिकामा हिमालयन डगच्यू नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ ।

श्रेष्ठका अनुसार यसअघि भनेजति डगच्यू निकासी गर्न नसक्दा अमेरिकामै उद्योग खोल्नु परेको थियो । अहिले काठमाडौँमा पनि उद्योग खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

दुई वर्षअघि १०० लिटर दूध संकलन गरेर शुरू गरिएको उद्योग अहिले १० रोपनी जमिन खरिद गरेर आफ्नै भवनमा कारखाना सञ्चालन गर्दै आएको छ । रोङ गाउँपालिकाको शान्तिपुर, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र पशुपतिनगर तथा इलाम नगरपालिकाकै गोदक क्षेत्रमा संकलन भएको चार हजार लिटर दूध यहाँ दैनिक प्रशोधन गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com