ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज घर फर्किने पालो कस्को अर्जेन्टिनाको कि फ्रान्सको ? यस्तो छ इतिहास


एबीसी न्यूज

काठमाडौं १६ असार । रुसमा जारी २१औँ संस्करणको विश्वकपमा शनिबार राति पौने ८ बजेदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् ।

हेवीवेट टोलीहरु सन् १९९८ को विजेता फ्रान्स र दुई पटकको विश्वविजेता अर्जेन्टिनाबीच शनिबार राति पोने ८ बजे काजान एरिनामा हुने खेलसँगै प्रिक्वार्टरफाइनल चरण सुरु हुनेछ । आजै पोर्चुगलले पनि दुई पटकको च्याम्पियन उरुग्वेको सामना गर्दैछ ।

स्टार डिफेण्डर स्याम्युअल उम्टिटीले समूह चरणमा फ्रान्सको प्रदर्शनबारे भइरहेको आलोचनाको बचाउ गर्दै दावी गरेका छन् कि उनको टोली जित हासिल गर्नका लागि आफ्नो रणनीति जतिबेला पनि बदल्न सक्छ ।

समूह सीका तीन खेलमा ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगे पनि डिडिएर डेसच्याम्पको टोली फ्रान्सले आफ्नो वास्तविक गति भेट्टाउन सकेको छैन । मंगलबार डेनमार्कविरुद्ध गोलरहित बरारीले डेनमार्क नकआउट चरणमा पुग्दा फ्रान्सेली टोलीको धेरै आलोचना भयो ।
फ्रान्सको अर्को भेट अर्जेन्टिनासँग हुँदैछ र यो विश्वकपको पहिलो सनसनी खेल हो ।

बिहीबारको पत्रकार सम्मेलनमा अधिकांश समयमा मेस्सीको चर्चा गरिएपछि उम्टिटीले भनेका छन् कि अर्जेन्टिनालाई नकआउट गरेपछि मात्र उनलाई सन्तुष्टि मिल्नेछ ।

‘मात्र अर्को चरणमा पुग्नु हाम्रा लागि महत्वपूर्ण छ ।’ उनले भने, ‘हाम्रो बाटोमा चाहे ब्राजिल होस, मेक्सिको होस् या पेरु मतलब छैन । तर, यो चाहिँ सत्य हो कि अर्जेन्टिना जस्तो महान टोलीसँग खेल्न पाउनु र उसलाई नकआउट गर्न पाउनु साँच्चिकै गर्वको क्षण हुनेछ ।’
यस्तो छ इतिहास
– अर्जेन्टिना र फ्रान्स अहिलेसम्म १२ पटक आमनेसामने भएका छन् । जसमा ६ खेल अर्जेन्टिनो जितेको छ भने फ्रान्सले २ खेल तथा ३ खेल बराबरीमा सकिएको छ ।

– आफू सहभागी भएको १३ विश्वकपमध्ये १२ संस्करणमा अर्जेन्टिनाले समूह चरण पार गरेको छ । सन् २००२ को विश्वकपमा मात्रै उ समूह चरणबाटै बाहिरिएको थियो ।

– पेनाल्टी शुटआउटलाई छाडेर फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्लो ११ मध्ये एक खेलमा मात्र पराजय ब्यहोरेको छ । ८ खेल जितेको छ भने २ खेलमा बारबरी खेलेको छ । उसले पछिल्लो पटक सन् २०१४ मा जर्मनीसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

– फ्रान्सले जारी विश्वकपको समूह चरणका तीन खेलमा जम्माजम्मी ५ शट ब्यहोरेको छ । उसले समूहमा मात्र एक गोल खाएको छ ।

– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । उनले ६६६ मिनेट खेलेका छन् । उनले फ्रान्सविरुद्ध पछिल्लो पटक सन् २००९ को मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । जुन खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।

– ओलिभर जिरोडले फ्रान्सका लागि ठूला प्रतियोगितामा गोल गर्न नसकेको ३५७ मिनेट भयो । पछिल्लो पटक उनले युरो २०१६ मा आइसल्याण्डविरुद्ध खेलेका थिए । जारी विश्वकपमा उनले अहिलेसम्म एउटा शट पनि प्रहार गर्न सकेका छैनन् ।

– डिडियर डेसच्याम्पका लागि फ्रान्सको प्रशिक्षकको रुपमा यो ८०औँ खेल हो । यस खेलपछि उनले पूर्व प्रशिक्षक उनले रेमण्ड डोमेनिकलाई पछि पार्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com