ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्र


bhawani desk

काठमाडौं,१४ असार । प्रदेश नम्बर ४ राजधानी पोखरामा निर्माणधिन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम तीब्र रुपमा अगाडि बढेको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको २०७३ बैशाख १ मा शिलान्यास भएसंगै यसको निर्माणकार्य तीब्र रुपमा अगाडी वढेको हो ।

सन २०२१ जुलाइ १५ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि निर्माणको काम पाएको सिएएमसी कम्पनीले यतिवेला विमानस्थल निर्माणको कामलाई तीब्रता दिइएको हो ।

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपालनागरिक उड्डयन प्राधिकरणबीचको सम्झौताअनुसार इपिसीमोडलमा अन्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलको विमानस्थल बन्नेछ ।

बिमानस्थल निर्माणको लागी हालै नेपाल र चीनको सिमाना रसुवागढीबाट विमानस्थल निर्माणका लागी आवश्यक पर्ने सामाग्रीहरु आउन थालेका छन ।

बिमानस्थलको लागी २६ वटा ट्रिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेको छभने १४ वटा ट्रिपर चिनको सिमाना रसुवाको घट्टेखोला आईसकेको चिनिया कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ तर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारी साधन केरुङ आइसकेको वताउदै तामाङले उक्त सामाग्री पनि केहीदिनभित्रै प्रक्रिया पु¥याएर नेपाल भित्राइनेछ ।

विमानस्थलको निर्माणकार्य तीब्र रुपमा अगाडी वढिरहदा चीन तर्फबाट निर्माणका सामाग्रीहरु नेपाल आउने क्रममा रहदा पोखरामा बन्ने क्षेत्रिय बिमानस्थलको बारेमा भ्रामक समाचार आएतापनि निर्माणको कार्य तोकिएकै समयमा पुरा हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले बताएका छ ।

पालिखेले पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको विमानस्थल भएकाले हाल आएर यसको अध्ययन गरिनु र प्रतिवेदन तयार पारिनुले कुनै औचित्य नराख्ने पालिखेको भनाइ छन ।

४२ वर्ष अगाडि तत्कालिन पोखरा उपमाहनगरपालिकाको वडा नम्बर १४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा विमान स्थल बनाउन अधिग्रहण गरिएको थियो,त्यसले नपुगेपछि थप ५ सय २१ रोपनीजग्गा अधिग्रहण गरिएको बिमानस्थलनिर्माणका आयोजना प्रमुख ईन्जिनियर बिनेश मुनकर्मी बताउछन ।

मुनकर्मीले चिनिया निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउदै बिमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको समेत बताए ।

पोखरा क्षेत्रियबिमानस्थलको निर्माण कार्य तिब्र पारेसँगै यहाका स्थानियबासी तथा पर्यटन ब्यबसायीहरु उत्साहितभएका छन । त्यसैले तोकिएकै समयमाबिमानस्थलको निर्माण कार्य सम्पन्नगर्न सम्बन्धितनिकायनिरन्तर लागिपर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com