ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए


bhawani desk
असार ४, २०७५ सोमबार  १२ : ४७ बजे

 दाङ, ४ असार l तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको शिविरमा स्थानीय ८६ वर्षीया सीता चौधरीले खुलेर आफ्ना समस्या राख्न पाएकामा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

सो शिविरमा उहाँ जस्तै एक हजार सात जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा पुष्पा डाँगीले जानकारी दिनुभयो ।

शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा डाँगीले बताउनुभयो ।

त्यसैगरी सोही शिविरमा जेष्ठ नागरिकमा हातखुट्टा दुख्ने, दम खोकीलगायतका समस्या रहेको बताइएको छ । स्वास्थ शिविरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अबदेखि तुलसीपुर उपनगरवासीले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम थालिसकेको बताउनुभयो ।

उहाँले तुलसीपुरका बासिन्दाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिइसकेको भन्दै हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने काम अगाडि बढाइसकेको बताउनुभयो ।

शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुरका डाक्टर पुष्पा डाँगी, डा गोकर्ण दाहालसहितको ४० जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com