ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप : रोनाल्डोको पहिलो ह्याट्रिक : पोर्चुगल र स्पेनले ३-३ को बराबरी


एबीसी न्यूज

काठमाडौँ, २  असार । समूह चरणको खेल नै रोमाञ्चकताले भरिपूर्ण । सुरुमा पोर्चुगलको अग्रता त्यसपछि  स्पेनको बराबरी गोल ।  फेरि पोर्चुगलको अग्रता, स्पेनको बराबरी र अग्रता । त्यसपछि फेरि पोर्चुगलको पुनरागमन । एउटा खेलमा ६ गोल, एक ह्याट्रिक । प्रत्येक गोलले दुवै टिमको पावरलाई ब्यालेन्स गरिरहेको थियो ।

समूह चरणकै पहिलो खेलमा प्रतिस्पर्धामा उत्रिएका दुई युरोपेली टोली स्पेन र पोर्चुगलको खेल निकै नै रोमाञ्चक र सनसनीपूर्ण भयो ।

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले सन् २०१० को विश्व विजेता स्पेनलाई बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलले २ पटक अग्रता बनाएको भए पनि स्पेनका डिएगो कोस्टाले दुई पटक नै बराबरी गरेका थिए ।
त्यसपछि नाचोले ५८ औं मिनेटमा गोल गर्दे स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छँदा फ्रिकिक मार्फत ह्याट्रिक पूरा गर्दै स्पेनलाई १ अंकमा रोके । यसअघि चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । रोनाल्डोको प्रहारलाई स्पेनका गोलरक्षक डेभिड डि गियालेले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । रोनाल्डोको प्रहार उनले समात्न खोजे पनि उनको हातबाट फुस्केर गोल हुन पुगेको थियो ।

योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन् । यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् ।

रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ । शुक्रबारको खेलमा रोनाल्डो प्रहार गरेका ४ प्रहारमध्ये ३ वटा प्रहार गोलमा परिणत भए ।

नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएराेकाे योजनामा मैदान उत्रिएको स्पेनले २ पटक पछि परे पनि पोर्चुगलमाथि दवाव बनाएको थियो । रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप सुरु हुने अघिल्लो दिन जुलेन लोपोटेगीलाई बर्खास्त गरेर पूर्व खेलाडी हिएरोलाई प्रशिक्षक बनाएको छ ।

समूह बीमा रहेका पोर्चुगल र स्पेनले बराबरी खेल्दै एक–एक अंक बटुल्दा इरानले मोरक्कोमाथि जित हात पार्दै ३ अंक बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com