ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप : रोनाल्डोको पहिलो ह्याट्रिक : पोर्चुगल र स्पेनले ३-३ को बराबरी


एबीसी न्यूज
असार २, २०७५ शनिबार   ७ : २९   बजे

काठमाडौँ, २  असार । समूह चरणको खेल नै रोमाञ्चकताले भरिपूर्ण । सुरुमा पोर्चुगलको अग्रता त्यसपछि  स्पेनको बराबरी गोल ।  फेरि पोर्चुगलको अग्रता, स्पेनको बराबरी र अग्रता । त्यसपछि फेरि पोर्चुगलको पुनरागमन । एउटा खेलमा ६ गोल, एक ह्याट्रिक । प्रत्येक गोलले दुवै टिमको पावरलाई ब्यालेन्स गरिरहेको थियो ।

समूह चरणकै पहिलो खेलमा प्रतिस्पर्धामा उत्रिएका दुई युरोपेली टोली स्पेन र पोर्चुगलको खेल निकै नै रोमाञ्चक र सनसनीपूर्ण भयो ।

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले सन् २०१० को विश्व विजेता स्पेनलाई बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलले २ पटक अग्रता बनाएको भए पनि स्पेनका डिएगो कोस्टाले दुई पटक नै बराबरी गरेका थिए ।
त्यसपछि नाचोले ५८ औं मिनेटमा गोल गर्दे स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छँदा फ्रिकिक मार्फत ह्याट्रिक पूरा गर्दै स्पेनलाई १ अंकमा रोके । यसअघि चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । रोनाल्डोको प्रहारलाई स्पेनका गोलरक्षक डेभिड डि गियालेले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । रोनाल्डोको प्रहार उनले समात्न खोजे पनि उनको हातबाट फुस्केर गोल हुन पुगेको थियो ।

योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन् । यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् ।

रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ । शुक्रबारको खेलमा रोनाल्डो प्रहार गरेका ४ प्रहारमध्ये ३ वटा प्रहार गोलमा परिणत भए ।

नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएराेकाे योजनामा मैदान उत्रिएको स्पेनले २ पटक पछि परे पनि पोर्चुगलमाथि दवाव बनाएको थियो । रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप सुरु हुने अघिल्लो दिन जुलेन लोपोटेगीलाई बर्खास्त गरेर पूर्व खेलाडी हिएरोलाई प्रशिक्षक बनाएको छ ।

समूह बीमा रहेका पोर्चुगल र स्पेनले बराबरी खेल्दै एक–एक अंक बटुल्दा इरानले मोरक्कोमाथि जित हात पार्दै ३ अंक बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group