ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०१८ हात पार्ने हैसियत बनाएका यी हुन् ४ टीम,यस्तो छ तयारी


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार  ३ : ३४ बजे
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगित सुरु हुन अब ३ दिन मात्र बाँकी छ। सबै टिमले आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। अधिकांश टिम रसिया पुगिसकेका छन्।

प्रतियोगिताअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बलिया मानिएका टिम सार्वजनिक गरेको छ। टिममा रहेका खेलाडी र पछिल्लो समय निकालेको नतिजाका आधारमा फिफाले विश्वकप २०१८ का बलिया टिम सार्वजनिक गरेको हो।

ब्राजिल

प्रशिक्षक टिटेले ब्राजिलियन टिमलाई नयाँ स्वरुप दिएका छन्। छनोट खेलेर रसियाको टिकट काट्ने पहिलो टिम ब्राजिलले पछिल्लो चार वर्षमा धेरै सुधार गरिरहेको छ। २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलले पछिल्लो खेलमा जर्मनीलाई हराएको थियो। म्युनिखमा भएको खेलमा ब्राजिलले जर्मनीमाथि १–० को जित निकालेको थियो। ग्राबियल जेसस, एलिन्सन र काउन्टिन्हो पछिल्लो समय उच्च फर्ममा छन्। ब्राजिलका अन्य खेलाडी पनि प्रतिभाशाली भएकाले टिमलाई सन्तुलित र बलियो मानिएको हो।

मुख्य खेलाडी– नेइमार

गत फेब्रुअरीमा घाइते भएका नेइमार अहिले फर्ममा आइसकेका छन्। उनले पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा गोल गरेका छन्। २६ वर्षीय नेइमारले देशका लागि अहिलेसम्म ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। ब्राजिलका महान् खेलाडीहरु रोमारियो, रोनाल्डो र पेलेसँगै नेइमारलाई पनि दाँज्न थालिएको छ।

प्रशिक्षक टिटेको भनाइ- ‘ब्राजिल विश्वकपको दाबेदार हो। हामीले सम्पूर्ण तयारी सकेका छौं।’

फ्रान्स

फ्रेन्च टिमलाई प्रतियोगिताको अर्को सशक्त टिम मानिएको छ। प्रशिक्षक डिडियर डेस्चाम्सले घोषणा गरेको २३ सदस्यीय टिममा स्टार खेलाडीको जमघट छ। पाउल पोग्बा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, उस्मान डेम्बेले जस्ता खेलाडी भएको फ्रेन्च टिमले विश्वकपमा तहल्का मच्चाउन सक्छ। प्रशिक्षक डिडियरले टिममा रहेका खेलाडीलाई सदुपयोग गर्न सके उपाधि जित्ने फिफाको विश्लेषण छ।

मुख्य खेलाडी – एन्टोनी ग्रिजम्यान

युरो २०१६ मा उत्कृष्ट प्रदर्शन गरेका ग्रिजम्यानले सिजनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट प्रभावशाली खेले पस्किए। म्याड्रिडले युरोपा लिगको उपाधि जित्दा ग्रिजम्यानको प्रदर्शन लोभलाग्दो थियो। बहुआयामिक प्रतिभा भएका ग्रिजम्यान फ्रान्सको अग्रपंक्तिको मुख्य हतियार हुन्।

प्रशिक्षक डिडियरको भनाइ- ‘हामीमाथि ठूलो अपेक्षा गरिएको छ। स्पेन, जर्मनी र ब्राजिल हामीभन्दा बलिया देखिएका छन्।’

जर्मनी

डिफेन्डिङ च्याम्पियन जर्मनीका लागि रसियामा इतिहास बनाउने अवसर छ। जर्मनीले यस पटक उपाधि जिते सन् १९६२ पछि लगातार दोस्रो पटक च्याम्पियन हुने टिम बन्नेछ। गत वर्ष रसियामा भएको फिफा कन्फेडेरेसन कप जितेका अधिकांश खेलाडी जर्मनी टिममा छन्। एक वर्षमा यी खेलाडी अझ खारिएकाले जर्मन टिम गत वर्षभन्दा बलियो छ। टिमो वेर्नेर, लियोन गोरेटज्का र जाउसा किममिच जस्ता युवा खेलाडी टिममा हुनु जर्मनीको बलियो पक्ष हो। यी खेलाडीको आगमनले जर्मनीले उपाधि रक्षा गर्न सक्षम हुने विश्लेषण गरिएको छ।

मुख्य खेलाडी – मेसुट ओजिल

प्लेमेकर ओजिल जर्मनीका मुख्य खेलाडी हुन्। यद्यपि पछिल्लो समय देश र क्लबका लागि एकैनासको खेल देखाउन नसकेको भन्दै ओजिलको आलोचना भइरहेको छ। तर पनि उनी प्रतिभावान् मिडफिल्डर भएकोमा दुईमत छैन। ‘एसिस्ट किङ’को उपमा पाएका ओजिलले विश्वकपमा गोलका लागि कति पास मिलाउछन्, त्यो भने हेर्न बाँकी छ।

प्रशिक्षक जोचिम लोको भनाइ- ‘जर्मनी इतिहासकै बलियो टिम भएकोमा दुईमत छैन। हामीले मैदानमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्यौं भने दोस्रो पटक च्याम्पियन हुनेछौं।

स्पेन

सन् २०१४ को विश्वकप र २०१६ को युरो कपमा स्पेनले सोचे अनुरुप प्रदर्शन गर्न सकेन। लगातार दुई प्रतियोगितामा असफल भएपछि स्पेनिस टिममा अहिले धेरै सुधार आइससकेको छ। २००८ को युरो कप, २०१० को विश्वकप र २०१२ फेरि युरो कप जितेको स्पेन फेरि पुरानै लयमा फर्कने प्रशिक्षक जुलेन लोप्टेगिको विश्वास छ। युरोपियन छनोटमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस टिममा जितका लागि भोका एकसेएक प्रतिभाशाली खेलाडीको जमघट छ।

मुख्य खेलाडी – डेभिड सिल्भा

सिल्भाले स्पेनका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रय खेल खेलिसकेका छन्। स्पेनको सुनौलो पुस्ताका खेलाडी सिल्भाबाट २०१८ को विश्वकपमा धेरै आसा गरिएको छ। ३२ वर्षीय सिल्भा टिमका प्लेमेकर हुन्। युरोप छनोटमा पाँच गोल गरेका उनले सिजनमा म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि जिताउन उत्कृष्ट खेले। अर्कोतर्फ, उनी प्रशिक्षक जुलेनको रणनीति अनुसार खेल्नसक्ने खेलाडी हुन्। त्यसैले उनी प्रशिक्षकको प्रिय खेलाडी बन्ने पक्का छ।

प्रशिक्षक जुलेनको भनाइ- ‘टिम बलियो छ भने उपाधि जित्न गाह्रो हुन्न। २००८, २०१० र २०१२ मा ठूला उपाधि जित्दा हाम्रो टिम बलियो थियो, त्यसैले हामी सफल भयौं। यसपटक पनि हामी बलियो छौं र त्यो कुरा हामी उपाधि जितेर देखाउन चाहन्छौं।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com