ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय स्तरीय क्रिकेट उपाधि त्रिभुवनलाई


एबीसी न्यूज
जेष्ठ २६, २०७५ शनिबार   ६ : ३७   बजे


दैलेख , २६ जेठ । क्रिकेट एसोसियसन दैलेखको आयोजनामा भएको विद्यालय स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयको बि टिमले जितेको छ ।

शनिबार भएको फाइनलमा त्रिभुवन माविकै ए टिमलाई पराजित गरेर उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिंग गरेको बि टिमले निर्धारित १५ ओभरमा १ सय ११ रन बनाएको थियो । उसका लागि रितश खड्काले ४४ रनको योगदान दिएका थिए ।

खड्काको प्रेणादायी इनिंगमा बि टिमले बनाएको उच्च स्कोर पछ्याउने क्रममा मैदानमा आएको ए टिमको सुरुआत खराब रह्यो निरन्तर विकेट गुमाएको ए टिम १४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

आफ्नो टिमलाई फराकिलो अन्तरले जित दिलाउनेक्रममा ब्याटिंगमा चम्केका खड्काले ४ विकेट लिए । उनको अलराउण्ड प्रदर्शनले बि टिमलाई उपाधि दिलाएको हो ।
सनराईज इंग्लिस बोर्डिंग स्कुललाई पराजित गरेर फाइनलमा पुगेको ए टिम र सनराईजलाई नै पराजित गरेर फाइनलमा पुगेको बि टिमबीच उपाधि भिडन्त भएको थियो । उपाधि विजेता टिमले नगद ५ हजार र कप पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नारायण नगरपालिकामा रहेका ४ वटा निजि विद्यालय र ३ वटा सामुदायीक विद्यालयका टिम सहभागी थिए ।

प्रतियोगिताका खेलहरु नारायण क्याम्पसको चौर र काँडाचौरमा भएका थिए । प्रतियोगिता समापनपछि क्रिकेट एसोसियसन दैलेखका अध्यक्ष खेमराज थापाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।
उनले दैलेखमा खेलप्रति रुची बढेकाले पनि आयोजना गर्न सम्भव भएको बताए । उनले चौर नहुँदा भने प्रतियोगिता आयोजना गर्न कठिनाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group