ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई


एबीसी न्यूज
जेष्ठ २२, २०७५ मंगलबार   ११ : ०७   बजे

 

सुर्खेत, २२ जेठ।  यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ ।

उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताउनुभयो । भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको रनिङ शिल्डमा सबै खेल विधाको कूल अंकलाई जोड्दा सुर्खेत प्रथम आएको संयोजक सिंहले जानकारी दिनुभयो ।

खेलमा प्रथम, द्वितीय र तृतीय आउने जिल्लालाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रनिङ शिल्डमा उत्कृष्ट खेल देखाउने विभिन्न खेल विधाबाट ८४ खेलाडीलाई यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलका लागि छनोट गरिएको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताउनुभयो ।

उहाँका अनुसार खेलमा भाग लिएका कर्णाली प्रदेशका १० जिल्लाका ८४० जना खेलाडीले ३०४ पदकमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group