ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले केन्यालाई ३–० ले हरायो


एबीसी न्यूज
जेष्ठ २२, २०७५ मंगलबार  ८ : ५३ बजे

काठमाडौं,२२ जेठ ।भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो सयौं अन्तर्राष्ट्रिय क्पापमा २ गोल गर्दै ने भारतलाई इन्टरकन्टिनेन्टल कप फुटबलको फाइनल नजिक पुर्‍याएका छन्।

सोमबार साँझ भएको खेलमा भारतले केन्यालाई ३(०ले हरायो। भारतको जितमा कप्तान क्षेत्रीले २ तथा जेजे लालपेखलुआ ले १ गोल गरे।

पूर्व कप्तान भाईचुङ भूटिया पछि सयौं अन्तर्राष्ट्रिय खेल खेलिरहेका क्षेत्रीले खेलको ६८ औं र इन्जुरी समयमा गोल गरेका थिए। यसअघि खेलको ७१औं मिनेटमा जेजे लालपेखलुआले गोल गर्दै भारतलाई ३(० कोस्पष्ट जित दिलाए।

जितसहित भारत २ खेलबाट सतप्रतिशत नतिजासहित ६ जोड्दै समूहको शीर्ष स्थानमा छ। यस्तै २ खेलबाट १ जित र १ हार व्यहोरेको केन्या दोस्रो स्थानमा छ।

वर्षाले मैदान हिलो भएपछि दुबै टिमले पहिलो हाफसम्म गोल रहित बराबरी खेलेका थिए। गोल गर्ने केही राम्रो अवसर दुबै टिमले खेर फालेका थिए।

दोस्रो हाफमा आक्रमक देखिएको भारतले पाहुना टोलीमाथि हाबी भयो।

खेलको ६८औं मिनेटमा सुनिल क्षेत्रीलाई डिबक्स भित्र केन्याली खेलाडीले लडाएपछि रेफ्रिले भारतलाई पेनाल्टी हान्ने मौका दिए। उक्त मौकालाई सदुपयोग गर्दै सुनिलले टिमलाई अग्रता दिलाए।

यस्तै खेलको ७१ औं मिनेटमा जेजे लालपेखलुआले उक्तृष्ट गोल गर्दै घरेलु टोलीलाई २(० को अग्रता दिलाए।

क्षेत्रीले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३(०को स्पष्ट जित दिलाए।

भारतले यसअघि आफ्नो पहिलो खेलमा चाइनिज ताइपेइमाथि ५(० को फराकिलो जित निकालेको थियो। खेलमा क्षेत्रीले ह्याट्रिक गरेका थिए।

भारतले अब समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल बिहिबार न्यूजिल्याण्डसँग खेल्नेछ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ।

कप्तान सुनील क्षेत्रीले भारतको अन्तर्राष्ट्रिय फुटबल हेर्न २५ सय मात्र दर्शक आएपछि समर्थकलाई भावुक सम्बोधन गर्दै खेल हेर्न अपिल गरेका थिए।

शुक्रबार मुम्बईमा भएको भारत र चाइनिज ताइपेहबीच खेलमा २५ सय ६९ दर्शक मात्र रंगशालामा उपस्थित थिए।

खेलमा न्यून दर्शक उपस्थित भएपछि क्षेत्रीले ट्विटरमा भिडियो सन्देश पोस्ट गर्दै भनेका थिए, ‘कृपया आउनुहोस् र हामीलाई समर्थन गर्नुहोस् । हामीलाई हौसला प्रदान गर्नुहोस्। गाली गर्नुहोस्। आलोचना गर्नुहोस्। भारतीय फुटबललाई तपाईँको खाँचो छ। केवल इन्टरनेटमा मात्र हेरेर हामीलाई गाली नगर्नुहोस्। रंगशालामा आएर हाम्रो बारेमा भन्नुहोस्।’

यस्तो अपिल पछि सोमबार मुम्बईस्थित फुटबल एरेना रंगशालामा दर्शक भरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com