ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप ट्रफी चोर्ने ५२ वर्षपछि पत्ता लाग्यो


admin
जेष्ठ २१, २०७५ सोमबार  ३ : ५० बजे

काठमाडौ, २१ जेठ । विश्वकप ट्रफी चोरी गर्ने गिरोह ५२ वर्षपछि पत्ता लागेको छ । सन १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोर्ने गिरोहको हालसालै पत्ता लागेको हो । तर रमाइलो कुरा चाहिँ के छ भने ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ ।

जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।

लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला ट्रफी चोरेका थिए ।

यो पोल रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् । त्यसबेला सिड्नी ४० बर्षका थिए ।

उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका छन् । ‘ट्रफी पैसाको लागि नभई रमाइलोका लागि चोरिएको थियो’, उनले भने, ‘र यो काम सजिलो पनि थियो ।’

उनीहरुले ट्रफी चोरेको उनीहरुका केही नजिकका नातेदारले थाहा पाएपनि कसैले पोख खोलेनन् । त्यसैकारण यी हुल्याहा दाजुभाई बाँचुञ्जेल पक्राउ परेनन् ।

सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन सकेन ।

साथी पक्राउ परेपनि सिड्नी भने पक्राउ परेनन् र विश्वमा तहल्का मच्चाउने विश्वकप ट्रफी चोर आजीवन पर्दा पछाडि नै रहन सफल भए । उनीहरुले त्यो ट्रफी झाडीमा लुकाएका थिए ।

ट्रफीलाई पिकल्स नामको कुकुरले ट्रफी पत्ता लगायो । सिड्नी सन् २००५ मा र रेग २०१२ मा मृत्यु भइसकेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com