ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलाडीहरुमा खुशिको खवर : स्वास्थ्य तथा दुर्घटना बीमा र मासिक भत्ता समेत


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार   १२ : ५९   बजे

काठमाडौँ, १७ जेठ ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ ।
युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभयो ।

मन्त्री सुनुवारले तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

एसियाली खेलकुूद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै मन्त्री सुनुवारले स्वर्णपदक विजेतालाई मासिक र पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक  तीन हजार सम्मान मासिक स्वरुप प्रदान गर्ने बताउनुभयो ।

उहाँले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताउनुभयो ।

उहाँले आगामी तीन वर्षभित्र ५० हजार क्षमता भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने योजना भएको बताउनुभयो । मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पनलगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको छ ।

त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएकोलगायतको कार्यक्रम गरिएको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group