ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै छन् कल गर्ल ( के हो कल गर्ल ?)


एबीसी न्यूज

काठमाडौं । रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मदिरासम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

धनगडीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए । उनको डिल भयो– ५ हजार रूपैंया, ८ घन्टाको समय । खाना, खाजा र दुई बोतल वियर पनि । साथमा सेक्स पार्टनर पनि ।

 

केही समय लन्डन समेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें । उनी भन्छन्,‘लन्डनमा त व्यावसायीक रूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ ।’ रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् ।

रविमात्र होइन जीवन बुढाथोकी (नाम परिवर्तन)लाई जतिबेला सेक्सको आनन्द लिने मन हुन्छ इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् । केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् ।

रेडलाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो सल्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ ।

कर्लगर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कर्लगर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला’ भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ । यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ ।

एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरानलगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् ।

कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको बताइन्छ ।

कल गर्लहरू विभिन्न पेशा, व्यापार, व्यावसायका आवरणमा रहने गरेका छन् । खासगरी वित्तिय र मनोरञ्जन उद्योगमा यस्ता युवतीको संख्या बढि रहेको अनुमान गरिएको छ ।

के हो कल गर्ल ?

कल गर्ल भनेको बाटोमा हिँड्ने ‘सेक्स वर्कर’ हुन् । उनीहरूले आफ्नो पेशा र व्यावसायलाई आम मानिसलाई प्रस्टसँग खुलाएका हुँदैनन् । उनीहरू कुनै एजेन्सीसँग आवद्ध हुने गरेका छन् ।

कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् ।

कतिपय पोर्नस्टारले पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् ।

नेपालमा भने ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट, विज्ञापनलगायत हुने गरेको छैन ।

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन।

देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ।

यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। दिनप्रतिदिन बदिलँदो जीवनशैली र आयस्तरसँगै सेक्स स्टेसनहरू बनिरहेका छन्। अब यस मागप्रति गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ। –

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com