ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण


एबीसी न्यूज

 

लमजुङ, ६ जेठ । लमजुङमा निर्माण गरिएको सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । थापाको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिक शनिबार एक कार्यक्रमबीच प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी पक्ष रहेको बताउनुभयो । वीर योद्धा थापाले पु¥याएको उच्च योगदानको कदर गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वीर योद्धाकै कारण विश्वमा नेपाली (गोर्खाली)को शिर उच्च रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा जिल्लाका सांसद, विभिन्न व्यक्तित्वसँगै विभिन्न जिल्लामा छरिएर रहेका थापा सन्ततिको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा सरदार भक्ति थापाका सन्ततिले उनलाई विभूति घोषणा गर्न सरकारसँग माग गरेका थिए । सरदार थापा राष्ट्रको गहना भएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने उनीहरुको माग थियो ।

भक्ति थापाको जन्मस्थल ढंगैबेँसीमा थापाको शालिकसँगै सङ्ग्रहालय निर्माणमा जुट्ने तयारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले जनाएको छ ।

विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको ढंगै क्षेत्र, बस्तुभाउ चराउने, छेलो हान्ने गरेका काँडेचौर, हर्सिङडाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका हुन् ।

भक्ति थापाले १८३९ मा लमजुङ सेनाबाट गोर्खा सेनासँग युद्ध लडेको र पछि पराजित भएपछि नेपाल एकीकरणमा सहयोग गर्दै नेपाली सेनामा भर्ना भएको इतिहासमा उल्लेख छ ।

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित ३०० सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । तर अंग्रेज सेनाले वीर गोर्खालीको संज्ञा दिँदै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएकाले पनि उनको इतिहास नेपालको गौरवसँग जोडिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com