ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टी कति शक्तिशाली ?


admin

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । एकीकरण पछि नवगठित नेपाल कम्युनिष्ट पार्टी नेपाली इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी बनेको छ । पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई अध्यक्ष रहने छन् । दुवै अध्यक्षको हैसियत समान र निर्णयमा पनि उत्तिकै शक्तिशाली हुनेछ ।

एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको स्थान झनै बलियो बनेको छ । एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ ।

केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको स्थान :

प्रतिनिधिसभा – २७५ सांसदमध्ये नेकपाका १७४
राष्ट्रियसभा – ५९ सांसदमध्ये नेकपाका ४२

६ वटा प्रदेशमा बहुमत :

प्रदेश १ – ९३ सांसदमध्ये नेकपाका ६७
प्रदेश २ – १०७ सांसदमध्ये नेकपाका ३२
प्रदेश ३ – ११० सांसदमध्ये नेकपाका ८१
प्रदेश ४ – ६० सांसदमध्ये नेकपाका ३२
प्रदेश ५ – ८७ सांसदमध्ये नेकपाका ६१
प्रदेश ६ – ४० सांसदमध्ये नेकपाका ३३
प्रदेश ७ – ५३ सांसदमध्ये नेकपाका ३९

स्थानीय तह:

६ महानगरमध्ये ३ मा प्रमुख, १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख, १७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष, २६२ मा उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com