ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउने एक महीने अभियान शुरु


एबीसी न्यूज

 

काठमाडौँ, २३ वैशाख ।  शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ ।
जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हँुदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भन्नुभयो,‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति हो भन्ने सोचेर अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’

एक सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको उहाँको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले अस्पताल राजधानीको मुटुमै भएकाले हरेक दिन ठूलो संख्याको मानिसको आवागमन हुने भएकाले सफाइमा चुनौती भए पनि सफा गर्ने लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले पछिल्लो समयमा अस्पतालमा धेरै सुधार भइरहेकाले बिरामीले सहज सेवा पाइरहेको उल्लेख गर्दै अस्पतालको पूर्वाधार, रंगरोगन र सरसफाइसँगै आवश्यक उपकरणलगायत प्रविधिसमेत थपिँदै गएका कारण मुहार फेरिँदै गएको बताउनुभयो ।

पुराना संरचनाका भएको अस्पतालका धेरै स्थानमा घिनलाग्दा कक्ष, भ¥याङ, भूइँ र भित्ता तथा प्राङ्गणको फोहोरले बिरामीसँगै गएका कुरुवा आफ्न्त पनि बिरामी हुने अवस्था छ । अस्पतालमा खटिने १५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अपेक्षित नतिजा देखिएको छैन ।

देशका कुनाकाप्चाबाट उपचार गराएर स्वस्थ हुने विश्वासका साथ दैनिक तीन हजार बिरामी अस्पतालमा आइपुग्छन् । हरेक दिन कुनै न कुनै काम लिएर पाँच हजार बढी मानिस वीर अस्पताल आवतजावत गर्ने गर्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख देशमा भर्ना भएका सय बिरामीमध्ये १० जना संक्रमणका कारण मृत्युको मुखमा पर्छन् भने विकसित देशमा सयमध्ये सातभन्दा कम व्यक्तिको संक्रमणका कारण मृत्यु हुन्छ ।
चौबीस वर्षदेखि अस्पतालको सुरक्षाका निम्ति खटिरहेका चौकीदार राजाराम आचार्यले पहिले अस्पतालमा छिर्नासाथ दुर्गन्धले आक्रमण गर्ने भए पनि अहिले यो समस्या कम हुँदै गएको बताउनुभयो ।

मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५÷१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको छ । भने नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल पनि अभियानमा हुनुहुन्छ ।

अष्ट्रेलियाबाट नेपाल आउनुभएका खेम्स क्लिनिङका खेम शर्माका १५ स्वयम्सेवकसहित अस्पतालका १० सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका छन् ।

शर्माले भन्नुभयो,‘‘हामी वैज्ञानिक रुपमा गरिने सफाइबारे वीर अस्पतालमा कार्यरत कर्मचारीलाई सिकाउने छौँ ।’’ सरसफाइदूत कट्टेलले वीर अस्पतालमा भएको सफाइ अभियानले देशभर तरङ्ग ल्याउने बताउनुभयो । उहाँले सबैले आ–आफ्नो दायित्वबोध गर्न सक्ने हो भने हरेक अस्पताल सफा र स्वच्छ हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com