ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी भ्रमणको बेला अन्नपूर्ण पदमार्ग ३ दिन बन्द रहने


admin

काठमाडौं, २१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका प्रधानमन्त्री मोदिले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भइसकेको छ।

सोहि कार्यक्रम अनुरुप मुक्तिनाथ मन्दिर जानका लागि प्रयोग हुने बाटो अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको हो।

मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ मन्दिरको सरसफाइको काम अघि बढेको छ। ‘हेलिकोप्टर ल्यान्ड गर्नका लागि हामीले ठाउँ बनाइसकेका छौं। मनाङको थोरङ्ला भञ्ज्याङबाट पनि मुक्तिनाथ आउनेको संख्या उल्लेख्य हुने भएकाले उक्त बाटो ३ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिरिष पौडेलले भने, ‘भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आउनुभन्दा ३ दिनअघिदेखि नै बाटो बन्द हुनेछ।’

३ दिनअघि नै पदमार्ग बन्द हुने भएकाले उक्त मार्ग हुँदै यात्रा गरिरहेका पदयात्रीलाई मनाङको चामे वा मनाङ गाउँमै रोक्ने तयारी स्थानीय प्रशासनले गरेको छ। साथै, मुक्तिनाथ मन्दिरमा मोदीले दर्शन गर्ने दिन अर्थात् वैशाख २८ शुक्रबार कसैलाई पनि दर्शन गर्न नदिने तयारी भएको छ।

शुक्रबार जनकपुर ओर्लिने भारतीय प्रधानमन्त्री मोदी दुईवटा हेलिकोप्टरको स्कर्टिङसहित मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म जानेछन् र त्यहाँ पूजा गरिसकेपछि काठमाडौं फर्किने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com