ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेस्टुरेन्टको नाममा वेश्यावृत्ति, यसरी हुन्छ मोलमोलाई


एबीसी न्यूज

काठमाडौं, १५ वैशाख– केही दिनअघि नवलपरासीको सुनवल नगरपालिका २ भुमहीस्थित त्रिदेव रेस्टुरेन्ट एण्ड बारमा प्रहरीले मध्यरातमा छापा मारेर ३ युवती नियन्त्रणमा लिएको थियो। व्यावसायिक रुपमा यौन क्रियाकलाप सञ्चालन भएको सूचना र स्थानीयको गुनासो आएपछि प्रहरीले छापा मारेको हो।

प्रहरीले रेस्टुरेन्टबाट प्रयोग भएका र नभएका अस्थायी साधन तथा वेश्यावृत्तिमा प्रयोग हुने प्रमाणसमेत फेला पारेको छ। भुमहीमात्र होइन, पूर्वपश्चिम राजमार्ग आसपासका केही होटल तथा सीमावर्ती क्षेत्रमा यौनजन्य क्रियाकलाप बढो छ।

नियन्त्रणमा लिइएका युवतीले रेस्टुरेन्ट सञ्चालकले आफूहरुलाई यौन व्यवसायमा लगाएर ग्राहकबाट एकमुष्ट रकम लिने गरेको बताएका छन्। उनीहरुले भने निकै कम रकम पाउँछन् । प्रहरीलाई पनि युवतीले त्यही बयान दिए । रेस्टुरेन्ट मालिक फरार छन्। फरार सञ्चालकमध्ये देवबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेर मानव बेचविखन तथा ओसारपसार कसुरअन्तर्गत अदालत पेश गरेको छ । सञ्चालकमध्येकी महिला भने अझै फरार छन्।

जिल्ला प्रहरीका प्रमुख एसपी मुकुन्द आचार्यका अनुसार मदिरा सेवन गरेर रातभर होहल्ला गर्ने, खुल्ला बस्तीसँगै रहेको रेस्टुरेन्टमा यौन क्रियाकलापका लागि बार्गेनिङ नै हुने गरेको छ । त्यसले सामाजिक सद्भाव र मर्यादा नै खलबलिएको गुनासो आएपछि जिल्लाको टोलीले नै अप्रेसन गरेको बताए।

‘रेस्टुरेन्टको नाममा वेश्यावृत्ति बढेको जनगुनासो र पर्याप्त सूचनाका आधारमा छापा मार्दा व्यावसायिक रुपमै वेश्यावृत्ति भइरहेको पाइयो,’ उनले भने, ‘नियन्त्रणमा रहेकाले समेत कसुर कबुल गरेर निश्चित रकम लिएर यौन सम्पर्क राख्ने गरेको स्वीकार गरेपछि मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको हो।’

यसअघि पनि सुनवल क्षेत्रमा खुल्लमखुल्ला रेस्टुरेन्ट तथा लजमा यौन गतिविधि हुने गरेका थिए । त्यसमा पनि स्थानीयको दबाबमा प्रहरीले बन्द गराएको थियो । स्थानीयले भने प्रहरीकै संलग्नतामा यस्ता धन्धा भए पनि प्रहरीसँग कुरा नमिलेपछि मात्र छापा मार्ने गरेको आरोप लागाएका छन्।

दुई वर्षअघि त्यस्ता होटल तथा रेस्टुरेन्ट बन्द भएपछि बाहिरैबाट यौन जोडी मिलाइदिने र कमिसन लिने काम भए पनि पछिल्लो समय फेरि अड्डा नै बसालेर यस्तो काम हुन थालेको छ । सीमावर्ती जिल्ला भएकाले अधिकांश ग्राहक भारतीय छन्। शनिबार नेपाली र आइतबार भारतीय ग्राहकले यस्ता रेस्टुरेन्ट खचाखच भए पनि आवश्यक प्रमाण नहुँदा प्रहरीले सबै स्थानका क्रियाकलाप नियन्त्रणमा लिन सकेको छैन । पुरुष ग्राहकमात्र होइन, यस्ता स्थानमा पछिल्लो समय महिला ग्राहकसमेत भेटिन गरेको एक रेस्टुरेन्ट व्यवसायीले बताए।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ नवलपरासी अध्यक्ष घनलाल चापागाईले भुमहीमा छापा मारिएकोबारे आफूलाई थाहा नभएको बताए । ‘हामीले होटल तथा रेस्टुरेन्टमा आचारसंहितासमेत लागू गरेका छौं,’ उनले भने, ‘आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ, तर लाखौं लगानी गरेर सञ्चालन गर्ने व्यवसायी मर्कामा पर्नु हुँदैन ।’ खराब गर्ने सबैलाई नियमन गर्नुपर्ने उनको भनाइ छ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com