ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे ३३ केजी सुन प्रकरणः नाइके गोरेलाई १ सय ९२ देशका प्रहरीले खोजीगर्ने


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार   ३ : २२   बजे
काठमाडौं, १४ बैशाख । प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करीको गर्दै आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । अब इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।

महाशाखाका अधिकारीले ५ करोड रुपैयाँको डिलिङमा शाक्यको शव व्यवस्थापन गर्ने जिम्मेवारी लिएको आरोप लागेको छ ।

यद्यपि, महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहोनीले भने त्यसलाई नकार्दै आएका छन् । उनले गोरेसँग मिले जस्तो गरेर उनलाई नै नियन्त्रणमा लिने योजना रहेको दाबी गर्दै आएका छन् ।

हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएरै भएको भन्दै तत्कालिन महाशाखा प्रमुख लोहोनीले सरकारद्वारा गठित छानबिन समिति समक्ष बयान दिएका छन् ।

सोही आधारमा अर्याललाई समेत समितिले शंकाको घेरामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group