ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

 काठमाडौं, १४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले नेपालको राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष दाहालले निरङ्कुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकको ठूलो त्याग र बलिदान भएको बताए । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उनको भनाइ थियो ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९औँ विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्ष दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुशी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् । खानमले अध्यक्ष दाहाललाइ भनिन्, ‘हामी सम्पूर्ण शिक्षकका लागि तपाईं आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’

उनले अध्यक्ष प्रचण्डले देखाएको सद्भावप्रति आभार प्रकट पनि गरेको सापकोटाले जानकारी दिए । साम्राज्यवाद विरोधी शिक्षकको उक्त संगठनका प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा एकजना नेपालका, तीनजना भारत र दुईजना बंगलादेशका प्रतिनिधि रहेका थिए ।

भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आबद्ध शिक्षक संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com