ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार   २ : १०   बजे

 काठमाडौं, १४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले नेपालको राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष दाहालले निरङ्कुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकको ठूलो त्याग र बलिदान भएको बताए । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उनको भनाइ थियो ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९औँ विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्ष दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुशी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् । खानमले अध्यक्ष दाहाललाइ भनिन्, ‘हामी सम्पूर्ण शिक्षकका लागि तपाईं आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’

उनले अध्यक्ष प्रचण्डले देखाएको सद्भावप्रति आभार प्रकट पनि गरेको सापकोटाले जानकारी दिए । साम्राज्यवाद विरोधी शिक्षकको उक्त संगठनका प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा एकजना नेपालका, तीनजना भारत र दुईजना बंगलादेशका प्रतिनिधि रहेका थिए ।

भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आबद्ध शिक्षक संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group