ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको एजेन्डा सुशासन, स्थिरता र विकास – प्रचण्ड ( भिडियोसहित )


एबीसी न्यूज

रौतहट, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले अबको हाम्रो एजेन्डा सुशासन, स्थिरता र विकास रहेका बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिवेलामा बाटोको शिलान्यास गर्नु हुदै प्रचण्डले हामीसँग स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार रहेको हुनाले आन्दोल, क्रान्ति र परिवर्तन अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको कुरा बताउनु भएको हो ।

पुर्व प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा रौतहटको ऐतिहासिक भुमिका र चन्द्रपुरको पनि एउटा रणनैतिक भुमिका रहेको बताउनु भयो । उहाँले रौतहट जिल्ला नेपालको इतिहासमा २००६ सालमा कम्युनिष्ट गठन र २००४ सालमा काँगे्रस गठन भए देखि नै राजनीतिकको केन्द्र बिन्दु बन्दै आएको बताउनु भयो । विभिन्न आन्दोलनमा खेलेको भुमिकाको कारणले र यहाँ रहेको सम्भावनालाई हेर्दा रौतहट जिल्लाले पनि देश विकास निर्माणको काममा तिब्रताको गति लिन सक्ने र चाडै नै २ नम्वर प्रदेशको चन्द्रपुर र सिमरामा सेवा केन्द्रको स्थापना हुने समेत बताउनु भएको थियो ।

सोही शिलान्यास कार्यक्रममा पुर्व सहरी विकास मन्त्री तथा प्रतिनिधी सभा सदस्य प्रभु साहले जसरी रौतहटले नेपालमा जनयुद्धको सफल पार्न तथा गणतन्त्र स्थापनार्थ एक नम्वर भुमिका खेल्यो त्यसै गरि विकास निर्माणको काममा पनि रौतहट देशकै एक नम्वर स्थानमा नै रहने बताउनु भएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेकी प्रतिनिधी सभा सदस्य कल्याणी खड्काले चन्द्रपुर नगरपालिका जिल्ला कै राम्रो पर्यटकिय सम्भावना बोकेको हुनाले पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके यसबाट सयौ युवाहरु विदेशिनबाट रोक्न सक्ने बताउनु भएको थियो । सो शिलान्यास कार्यक्रममा नेपाली काँग्रेस रौतहट क्षेत्र नम्वर–४ का प्रतिनिधी सभा सदस्य देव प्रसाद तिमलसिना लगाएतका वक्ताले देशका राजनीतिक र रौतहटका विकास निर्माणका बारेमा स्थानिय तथा केन्द्र सरकारले ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

https://www.youtube.com/watch?v=GEcqUwlmX0A

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com