ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुरे संरक्षण हुन नसकेकोमा पूर्व राष्ट्रपति यादव चिन्तित


admin


काठमाडौं, ११ वैशाख ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चुरे क्षेत्रको संरक्षणमा गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्र्नुभएको छ ।

बारबरा फाउन्डेसनले मंगलबार काठमाडौमा आयोजना गरेको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले चुरेको संरक्षणका लागि आफुले पटक पटक ध्यानाकर्षण गराउदा पनि कसैले पनि ध्यान नदिएको गुनासो गर्नुभएको हो ।

यादवले चूरे संरक्षणका लागि सरकार सम्बद्ध सबै निकायको समन्वय आवश्यक हुने बताउनुभयो । यादवले चुरेको संवेदनशीलताका बारेमा तराईका बासिन्दा विस्तारै सचेत हुन थालेको भन्दै चुरे प्रभावित क्षेत्रका सांसद अझ बढी गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले चूरे बिनासको अध्ययन गर्दै यसको समोचित संरक्षणमा जुट्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार दिलिप पौडेललाई प्रदान गर्नुभयो । पुरस्कारको राशी १ लाख १ रुपैयाँ रहेको छ ।

बारबरा फाउन्डेसनले आहृवान गरेको अपिल अनुसार पुरस्कारका लागि ४५ वटा आवेदन परेको थियो । त्यसमध्ये निर्णायक समितिको ३ चरणको छनोट प्रक्रियाबाट पौडेललाई चयन गरिएको फाउण्डेसनले जनाएको छ ।

पत्रकार तथा लेखिका बारबरा एडम्सले खोजी पत्रकारिताको संस्थागत विकासका लागि १० लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको थियो । यो पुरस्कार सन् २०१६ देखि प्रदान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com