ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेनिन र माओको तस्वीर विनाको ब्यानर बन्नु कम्जोरी हो – अध्यक्षद्धय


एबीसी न्यूज
बैशाख ९, २०७५ आईतबार   ३ : ४२   बजे

काठमाडौं, ९ वैशाख । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा नै लेनिन र माओको तस्वीर विनाको हुनु आफूहरुको गल्ती भएको एमाले अध्यक्ष ( प्रधानमन्त्री ) केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वीकार गरेका छन् ।

दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेको एमाले निकट स्रोतले जानकारी दिएको छ । आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् ।

एमालेका एक नेताले दिएको जानकारी अनुसार अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।

एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको छ ।
काठमाडौंका सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका तस्वीर नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि साढे तीन बजे सम्म पनि कार्यक्रम सुरु हुन सकेको छैन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

सुरुमा बोर्ड फेर्न माग गरेका कार्यकर्ताहरुले छिटो कार्यक्रम गर्न भन्दै कार्यक्रमस्थलमा नाराबाजी र होहल्ला गरेका छन् । दुबै पार्टीका नेताहरु ब्यानरको विवाद हल गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

बेग्लाबेग्लै ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएकाले अब माओवादीको ब्यानर तयार हुनासाथ कार्यक्रम सुरु हुने एक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group