ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण सकेर नेपाल फर्के परराष्ट्रमन्त्री ज्ञवाली, को को सगं भेटवार्ता गरे चीनमा ?


एबीसी न्यूज

काठमाडौं, ८ वैशाख । छिमेकी मुलुक चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रि प्रदीप ज्ञावली नेपाल फर्केका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन गएका थिए । साताव्यापी चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे ।
नेपालमा नयाँ सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए ।

भ्रमणका क्रममा आफुले अप्रिल १८ तारिखकै दिन विहान  श्री वाङ यीसंग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय  वार्तामा हामी दुवै पक्ष नेपाल‒चीन सम्वन्धलाई थप नयां उचाइमा पुर्याउन सहम तभएको उनले बताए । सन् २०१६ मा सम्पन्न प्रधानमन्त्री  के.पी. शर्मा ओली र सन् २०१७ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को चीनभ्रमणको अवसरमा भएका संझौताहरु लगायत दुई देशवीच विगतमा भएका सवै संझौता तथा समझदारीहरुको शीघ्र कार्यान्वयन गर्न सहमत भएको  र  हामी दुवै पक्षले सम्पर्क सञ्जाल (Connectivity) र साझा संवृद्धिको लागि वन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत र सञ्चार क्षेत्रहरु समेट्ने गरी दीर्घकालीनरुपमा हिमालय वारपार वहुआयामिक यातायात सञ्जाल (Trans-Himalayan Multidimensional Transport Network) विकास गर्ने विषयमा समान धारणा बनेको उनले बताए ।

त्यसैगरी, बी.आर.आई. अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन तथा जनस्तरको सम्वन्ध विकासमा अझ धेरै द्विपक्षीय सम्वन्ध वढाउन र सो अन्तर्गत सहयोग परियोजना पहिचान गरी समयतालिका बनार्इ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको बताए ।

केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए । उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com