ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदूषण मुक्त नेपाल राष्ट्रिय एजेण्डा : वनमन्त्री बस्नेत


एबीसी न्यूज
बैशाख ८, २०७५ शनिबार   ६ : २३   बजे

 

काठमाडौँ, ८ वैशाख ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण मुक्त नेपाल बनाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) र स्वच्छ ऊर्जा नेपालको आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय आवश्यकताअनुसार प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागेको जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले संविधानले नै स्वच्छ वातावरणमा बाँच्न पाउन मौलिक हकको व्यवस्था गरेकाले यसलाई पूरा गर्न यो विषय हरेक टोल बस्तीको एजेण्डा बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अबको एक वर्षपछि वातावरणमा देखिएका गुनासो समाधान हुने संकल्प गर्दै मन्त्री बस्नेतले यस अभियानलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नेफेजका अध्यक्ष अर्जुन ढकालले संविधान अनुसारको संघीयताको ढाँचामा आर्थिक संरचना तयार गर्दा वातावरणका मुद्दा पेचिलो देखिने भन्दै यस सम्बन्धमा सबै तहमा आवश्यक बहस हुनु अपरिहार्य रहेकामा जोड दिनुभयो ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले वातावरण संरक्षणका कार्य नेपाली समाजमा पराम्परागतदेखि नै हँुदै आएको उल्लेख गर्दै वर्तमान समयमा यस मुद्दालाई अझ प्रभावकारी रुपमा अघि बढाउनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति डा रामवरण यादवका प्रेस सल्लाहकार एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालले मुलुक संघीयतामा जाँदा वातावरण संरक्षणका कार्य स्थानीय तहले गरे पनि यसको नेतृत्व संघले नै गर्नुपर्ने धारणा राख्नुुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, काठमाडौँ महानगरपालिकाका निर्देशक वसन्त आचार्यले संघीयतामा प्राकृतिक स्रोतको व्यवस्थापन र वातावरण संरक्षण विषयका छुट्टाछुट्टै प्रस्तुति गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group