ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुपचुप कम्पनी दर्ताको तयारी गर्दै यातायात समिति


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार  १२ : ३३ बजे

काठमाडौं, ६ वैशाख। सेन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने थालेपछि समितिहरु गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा आउन थालेका छन् । कम्पनीमा जानैपर्ने भएकाले उनीहरु कानुनी परामर्शमा जुटेका छन् ।
केही समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका एक स्रोतले जानकारी दिएको छ । त्यसमध्येको एक हो, अरनिको यातायात सेवा समिति । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्याल पुगेको छ ।

घोषित आन्दोलनलाई समर्थन गरेको र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भनेपछि मात्रै कम्पनीमा दर्ता हुने समितिका अध्यक्ष श्याम लामाले बताएका छन् । ‘तत्कालै कम्पनीमा जाने होइन, महासंघले भन्यो भने मात्रै हामी जाने हो,’ उनले भने, ‘पहिले आन्दोलनमा होमिन्छौं । भएन भने विकल्प सोच्नुपर्छ ।’ यता कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतकाअनुसार अरनिको यातायातले कम्पनीका लागि नाम ओगटेको छ । यो समितिसँग हाल ६५० भन्दा बढी गाडी आवद्ध छन् ।

सबै समितिलाई कम्पनीमा जानैपर्ने बाध्यकारी स्थिति आए आफ्नो नाम अरुले खोस्ने डर व्यवसायीलाई छ ।
समितिका पदाधिकारी पनि पनि नाम रिजर्भ गर्न कार्यालयमा पुग्न थालेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारीका अनुसार व्यवसायीहरु दर्ता प्रक्रिया बुझ्न र नाम रिजर्भ गर्न आउन थालेका छन् ।

नियमअनुसार कुनै नाम ओगटेको ३५ दिनभित्र कम्पनीको प्रवन्धपत्रसहित कागजात रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । यो समय सीमाभित्र विधानसहितका कागजात पेश नभए रिजर्भ भएको नाम अन्यले पनि लिन पाउँछन् । कार्यालयका कानुन शाखा हेर्ने उपरजिष्ट्रार राजेन्द्र थापा यातायात व्यवसायीहरु कम्पनी दर्ताको कानुनी प्रक्रिया बुझ्न आउन थाल्नु सुखद् भएको बताउँछन् । अब यातायात समितिहरु पनि कम्पनी दर्तामा आउने संकेत मिलेको उनको भनाइ छ ।

‘ठूला समितिका व्यवसायी आइसक्नु भएको छैन । तर, साना व्यवसायीहरु भने दर्ता गरिसकेको कम्पनी कसरी चलाउने, के(के प्रक्रिया छन् भन्ने बुझ्न आउन थाल्नुभएको छ,’ उनले भने, ‘विस्तारै यातायात कम्पनी दर्ता हुने क्रम बढ्ने अपेक्षा छ ।’

कम्पनीका रुपमा दर्ता भएर यातायात व्यवस्था विभागमा सय वटा पनि कम्पनी पञ्जीकरण भएका छैनन् । ठूलो व्यवसायका रुपमा चिनिएको यातायात क्षेत्र संघरसमितिकै नाममा चलिरहेको छ । तर, सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि व्यवसायीले बाध्य भएर कम्पनीको बाटो रोज्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com