ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ को सरकारले पारित गर्यो वार्षिक नीति तथा कार्यक्रम


admin
बैशाख ५, २०७५ बुधबार  ६ : १९ बजे

पोखरा, ५ वैशाख । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गर्नुभएकामा उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा आज प्रदेशसभा सदस्य मायानाथ अधिकारी, दोबाटे विश्वकर्मा, रामजी बराल(जीवन), कृष्ण थापा, चन्द्रमोहन गौचन, विष्णुप्रसाद लामिछाने, गायत्री गुरुङ, पियारी थापा, धनञ्जय दबाडी, बिन्दुकुमार थापा, दीपक थापा, सावित्रा राना, सरिता गुरुङ, विनोद केसी, मनबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रभा कोइराला, जुनादेवी नेपाली र मोहनप्रसाद रेग्मीले बोल्नुभएको थियो ।

बोल्ने प्रदेशसभा सदस्यमध्ये सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको धारणा राख्नुभयो भने प्रतिपक्षका सदस्यले नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेको उपेक्षा भएको, नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको उल्लेख गर्नुभयो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राख्नुभयो ।

नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित भएको धारणा राख्दै उहाँले छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीयताको कार्यान्वयनका सन्दर्भमा यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै उहाँले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक वैशाख ६ गते १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

मनाङमा कांग्रेस– एमाले राजनीतिक समझदारी

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com