ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्छ


एबीसी न्यूज

 रोल्पा, ४ वैशाख – कुनै कुनै विवाहितले अझै पनि श्रीमानसँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर रोल्पाका महलिले अझै पनि लुकेर यस्ता साधनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ ।

कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमानले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन । सोका कारण महिला लुकेर भए पनि आफू सुरक्षित बन्न चाहन्छन् ।

रोल्पा नगरपालिका– १ सल्लीबोटमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका बमकुमारी घर्तीअनुसार उनको कार्य क्षेत्रमा एक दलित महिलाका श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न पटक्कै मानेनन् जसका कारण त्यो परिवारमा छभन्दा बढी सन्तान जन्मिए ।

स्वास्थ्य स्वयंसेविकाको सल्लाहबमोजिम केही महिनाअघि उनले श्रीमान्लाई जानकारी नदिई इम्प्लान्ट राखिन् । सो कुराको जानकारी भएपछि उनका श्रीमान् रिसले आगो बने रे श्रीमतीको इम्प्लान्ट राखेको हात काटिदिनेसम्मको धम्की दिए ।

घर्तीका अनुसार आफूलाई सन्तानको रहर पुगिसके पनि उमेर चढ्दै जाँदासम्म सन्तान जन्माइरहनुपर्ने बाध्यता भएपछि उनले लुकेर परिवार नियोजनको साधन प्रयोग गरेकी थिइन् ।

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्ने विश्वासका कारण साधन प्रयोग गर्न नमानेको स्वास्थ्य स्वयंसेविकाको भनाइ छ ।

उनका अनुसार राखिसकेको इम्प्लान्ट तत्काल निकाल्न नमिल्ने, अवधि पुगेपछि निकाल्न सकिने भनेर सम्झाइबुझाइ गरेपछि मात्र उनका श्रीमान् शान्त भएका थिए ।

पटक पटक स्वयंसेविका उनको घरमा जाँदै सो विषयमा छलफल चलाउँदै गर्न थालेपछि सो जोडीमा परिवार नियोजनको साधन प्रयोगका बारेमा आपसी समझदारी बढ्न थालेको घर्तीको भनाइ छ  ।

यस्तै एक सरकारी कार्यालयका कर्मचारीको छोरा जन्माउने चाहनामा तीन छोरी जन्मिसकेका छन् जसका कारण यो जोडीमा पनि परिवार नियोजनका साधन अपनाउने विषयमा विवाद चलिरहेको छ ।

श्रीमान् छोरा जन्माउनकै लागि परिवार नियोजनका साधन अपनाउन चाहँदैनन तर श्रीमती भने दुई छोरीमै सन्तानको रहर पुगेको बताउँछिन । सोका कारण श्रीमतीले लुकेर परिवार नियोजनको साधन प्रयोग गर्दै आएकी छन् ।

श्रीमतीले परिवार नियोजनको साधन प्रयोग गर्दै आएको विषयमा उनका श्रीमानलाई थाहा छैन । ‘लुकेर औषधि खाने गर्छु, थाहा पाए श्रीमान् तथा घरपरिवारले मारिहाल्छन् नि’, उनले हाँस्दै भनिन् ।

परिवार नियोजनको साधनका बारेमा नौ जनासँग गरिएको कुराकानीमा चारजना महिलाले लुकेर साधन प्रयोग गर्दैआएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीअनुसार रोल्पामा परिवार नियोजनका साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी छन् । कतिले आपसी समझदारीबाट गरेको भए पनि केहीले लुकेर प्रयोग गर्दैआएको पाइन्छ ।

उनले भने, ‘शैक्षिक तथा चेतनास्तर कम भएका परिवारमा मात्र नभई पढेलेखेका तथा जानेबुझेका परिवारमा समेत यो समस्या छिपेर रहेको छ ।’

स्वास्थ्यकर्मी डाँगीअनुसार श्रीमान्, श्रीमती तथा तिनका परिवारबीच आपसी समझदारी नहुँदा महिलाले लुकेर परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको हो ।

उनले भने, ‘पढेर मात्र हुँदैन, चेतनास्तरमा वृद्धि हुन र समाज परिवर्तन गर्नमा सम्बन्धित व्यक्तिको पारिवारिक पृष्ठभूमि तथा उसको समुदाय-सम्प्रदायको महत्वपूर्ण भूमिका रहन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com