ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्छ


एबीसी न्यूज
बैशाख ४, २०७५ मंगलबार  ६ : ३३ बजे

 रोल्पा, ४ वैशाख – कुनै कुनै विवाहितले अझै पनि श्रीमानसँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर रोल्पाका महलिले अझै पनि लुकेर यस्ता साधनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ ।

कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमानले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन । सोका कारण महिला लुकेर भए पनि आफू सुरक्षित बन्न चाहन्छन् ।

रोल्पा नगरपालिका– १ सल्लीबोटमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका बमकुमारी घर्तीअनुसार उनको कार्य क्षेत्रमा एक दलित महिलाका श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न पटक्कै मानेनन् जसका कारण त्यो परिवारमा छभन्दा बढी सन्तान जन्मिए ।

स्वास्थ्य स्वयंसेविकाको सल्लाहबमोजिम केही महिनाअघि उनले श्रीमान्लाई जानकारी नदिई इम्प्लान्ट राखिन् । सो कुराको जानकारी भएपछि उनका श्रीमान् रिसले आगो बने रे श्रीमतीको इम्प्लान्ट राखेको हात काटिदिनेसम्मको धम्की दिए ।

घर्तीका अनुसार आफूलाई सन्तानको रहर पुगिसके पनि उमेर चढ्दै जाँदासम्म सन्तान जन्माइरहनुपर्ने बाध्यता भएपछि उनले लुकेर परिवार नियोजनको साधन प्रयोग गरेकी थिइन् ।

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्ने विश्वासका कारण साधन प्रयोग गर्न नमानेको स्वास्थ्य स्वयंसेविकाको भनाइ छ ।

उनका अनुसार राखिसकेको इम्प्लान्ट तत्काल निकाल्न नमिल्ने, अवधि पुगेपछि निकाल्न सकिने भनेर सम्झाइबुझाइ गरेपछि मात्र उनका श्रीमान् शान्त भएका थिए ।

पटक पटक स्वयंसेविका उनको घरमा जाँदै सो विषयमा छलफल चलाउँदै गर्न थालेपछि सो जोडीमा परिवार नियोजनको साधन प्रयोगका बारेमा आपसी समझदारी बढ्न थालेको घर्तीको भनाइ छ  ।

यस्तै एक सरकारी कार्यालयका कर्मचारीको छोरा जन्माउने चाहनामा तीन छोरी जन्मिसकेका छन् जसका कारण यो जोडीमा पनि परिवार नियोजनका साधन अपनाउने विषयमा विवाद चलिरहेको छ ।

श्रीमान् छोरा जन्माउनकै लागि परिवार नियोजनका साधन अपनाउन चाहँदैनन तर श्रीमती भने दुई छोरीमै सन्तानको रहर पुगेको बताउँछिन । सोका कारण श्रीमतीले लुकेर परिवार नियोजनको साधन प्रयोग गर्दै आएकी छन् ।

श्रीमतीले परिवार नियोजनको साधन प्रयोग गर्दै आएको विषयमा उनका श्रीमानलाई थाहा छैन । ‘लुकेर औषधि खाने गर्छु, थाहा पाए श्रीमान् तथा घरपरिवारले मारिहाल्छन् नि’, उनले हाँस्दै भनिन् ।

परिवार नियोजनको साधनका बारेमा नौ जनासँग गरिएको कुराकानीमा चारजना महिलाले लुकेर साधन प्रयोग गर्दैआएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीअनुसार रोल्पामा परिवार नियोजनका साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी छन् । कतिले आपसी समझदारीबाट गरेको भए पनि केहीले लुकेर प्रयोग गर्दैआएको पाइन्छ ।

उनले भने, ‘शैक्षिक तथा चेतनास्तर कम भएका परिवारमा मात्र नभई पढेलेखेका तथा जानेबुझेका परिवारमा समेत यो समस्या छिपेर रहेको छ ।’

स्वास्थ्यकर्मी डाँगीअनुसार श्रीमान्, श्रीमती तथा तिनका परिवारबीच आपसी समझदारी नहुँदा महिलाले लुकेर परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको हो ।

उनले भने, ‘पढेर मात्र हुँदैन, चेतनास्तरमा वृद्धि हुन र समाज परिवर्तन गर्नमा सम्बन्धित व्यक्तिको पारिवारिक पृष्ठभूमि तथा उसको समुदाय-सम्प्रदायको महत्वपूर्ण भूमिका रहन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

फेवाताल संरक्षण : ५० वर्ष पुरानो मापदण्डबाट अदालतको आदेशसम्म — डोजर चल्यो, अब के हुन्छ ?

लमजुङमा जिप दुर्घटना- दुई जनाको मृत्यु, १२ घाइते

एमालेको निष्कर्ष : बादलको अभिव्यक्ति त्रुटिपूर्ण, पार्टी नीतिविपरीत

‘सक्ने काम तत्काल गरौं’ – बालेनको जवाफ, सांसदहरूको मुख्य माग बाँदर नियन्त्रण

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com