ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ४: पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा


admin

पोखरा, ३ वैशाख । प्रदेश नं ४ को २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।

आजको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताउनुभयो ।

सरकारले प्रदेशका नीति तर्जुमा गर्दा सामाजिक न्याय, लैङ्गिक समानता, समानÞुपातिक समावेशीकरण र समतामूलक समाजका आधारस्तम्भमा केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशको विकासका लागि पर्यटन, ऊर्जा कृषि, कृषि उद्योग र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरव र उच्च प्राथमिकता विमानस्थल, सडक पुल, ऊर्जा उत्पादन, विद्युत् प्रसारण लाइन, खानेपानीलगायत आयोजनाको कार्यान्वयनमा सहजीकरण गरिने र उच्च प्राथमिकता दिई सुरक्षा प्रबन्ध मिलाइने कार्यक्रममा उल्लेख छ ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशबाट पर्यटक आकर्षित गर्न छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटक वर्ष सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक संस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, घरबास, पदयात्रा मार्गलाई संरक्षण, संवद्र्धन र विकास गर्दै मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने सरकारको लक्ष्य छ ।

माथिल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्री उपत्यकाको पर्यटन पूर्वाधारमा जोड दिँदै सरकारले पोखरालाई नेपालका अन्य प्रमुख शहर र प्रादेशिक राजधानीसँग हवाई मार्गद्वारा जोड्न पहल गर्ने जनाइएको छ ।

प्रदेशमा लगानी बढाउन २०७५ मा लगानी सम्मेलन आयोजना गरिने जानकारी दिँदै प्रदेश प्रमुख कुँवरले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन औद्योगिक एवं व्यावसायिक क्षेत्रलाई ऊर्जा आपूर्तिमा प्राथमिकता दिइने बताउनुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकामा ‘मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ नमूना कार्यक्रम’ थालनी गरिने र कृषिमा देखिने जोखिम मूल्याङ्कन गरी लैङ्गिक तथा सामाजिक समावेशीकरण विश्लेषणसहित स्थानविशिष्ट वातावरण, कृषि प्रविधि, अभ्यास र सेवाको पहिचान गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com