ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल : गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै टिम चौराह धनगढी फाइनलमा


admin
चैत्र २७, २०७४ मंगलबार   २ : ५०   बजे

धनगढी, २७ चैत । खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा ग¥यो ।

धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।

बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई-दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई-दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

दक्षिण कोरियाको रोमाञ्चक पुनरागमन, चेकियामाथि २–१ को जितसँगै विश्वकपमा विजयी सुरुआत

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group