ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमण टारेका बालेन, मोदीलाई नेपाल बोलाएका रवि—कूटनीतिक सन्देश के ?


एबीसी न्यूज
जेष्ठ २१, २०८३ बिहीबार   १ : ४६   बजे

काठमाडौं २१ जेष्ठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएपछि नेपालको कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। प्रश्न उठेको छ— प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण नगर्ने संकेत गरिरहेका बेला मोदीले रवि लामिछानेको निम्तोलाई कति महत्व दिनेछन् ?

लामिछाने र मोदीबीच भएको भेटवार्तामा नेपाल भ्रमणको निम्तो आदानप्रदान भएको जानकारी सार्वजनिक भएसँगै नेपाल–भारत सम्बन्धको आगामी दिशाबारे चर्चा सुरु भएको हो। भ्रमण टोलीका सदस्यहरूका अनुसार मोदीले पनि नेपाल भ्रमणप्रति रुचि देखाएका छन्। तर कूटनीतिक अभ्यासअनुसार कुनै पनि प्रधानमन्त्रीस्तरीय भ्रमण दलका नेताको निम्तोका आधारमा होइन, सरकार–सरकारबीचको औपचारिक प्रक्रिया र समझदारीका आधारमा तय हुने गर्छ।

यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको विषय झन् चासोको केन्द्रमा पुगेको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले बधाई सन्देशसहित भारत भ्रमणको निम्तो दिएका थिए। नेपालस्थित भारतीय दूतावासमार्फत पनि उक्त निम्तो औपचारिक रूपमा आएको थियो। प्रधानमन्त्री शाहले प्रारम्भिक रूपमा निम्तो स्वीकार गरेको चर्चा भए पनि भ्रमणको मिति तय हुन सकेन।

स्रोतहरूका अनुसार भारतले भ्रमणको तयारी अगाडि बढाउन चाहेको थियो। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणाको प्रक्रिया अघि बढाउन नेपाल आउने तयारीमा थिए। तर भ्रमणको वातावरण नबनेपछि त्यो प्रक्रिया अगाडि बढेन। त्यसपछि प्रधानमन्त्री शाहले तत्काल कुनै पनि विदेशी भ्रमण नगर्ने धारणा सार्वजनिक रूपमा आएको थियो।

नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा लामो समयसम्म कायम थियो। यद्यपि पछिल्ला वर्षहरूमा केही प्रधानमन्त्रीहरूले त्यो परम्परा तोडेका छन्। बालेन नेतृत्वको सरकारले पनि भारत भ्रमणलाई तत्काल प्राथमिकता नदिएको सन्देश गएको विश्लेषण भइरहेको छ।

यस्तो अवस्थामा रवि लामिछानेले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुलाई कतिपयले कूटनीतिक सक्रियता भनेका छन् भने कतिपयले सरकारको औपचारिक भूमिकाभन्दा दलगत कूटनीति अगाडि आएको रूपमा व्याख्या गरेका छन्। आलोचकहरू भन्छन्, प्रधानमन्त्री स्वयं भारत भ्रमणमा जान इच्छुक नदेखिएको अवस्थामा भारतीय प्रधानमन्त्रीलाई नेपाल बोलाउने प्रयासले मिश्रित सन्देश दिन सक्छ।

कूटनीतिक जानकारहरूका अनुसार मोदीको नेपाल भ्रमणको सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। नेपाल भारतको महत्वपूर्ण छिमेकी राष्ट्र भएकाले उच्चस्तरीय भ्रमण दुवै देशको साझा हितसँग जोडिएको विषय हो। तर त्यस्तो भ्रमणका लागि नेपाल सरकारको औपचारिक निम्तो, एजेन्डा र तयारी अनिवार्य मानिन्छ।

अर्कोतर्फ, मोदीले हालसम्म चार पटक नेपाल भ्रमण गरिसकेका छन्। सन् २०१४ मा प्रधानमन्त्री बनेपछि उनले नेपालको भ्रमण गरी संसदलाई सम्बोधन गरेका थिए। त्यसै वर्ष सार्क सम्मेलनमा सहभागी हुन आएका मोदीले त्यसपछि सन् २०१८ मा जनकपुर तथा सन् २०२२ मा लुम्बिनी भ्रमण गरेका थिए।

रवि लामिछानेको निम्तोपछि अब सबैको ध्यान एउटा प्रश्नमा केन्द्रित भएको छ— प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणलाई प्राथमिकता नदिएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका लागि तयार हुन्छन् कि हुँदैनन् ? यसको उत्तर आगामी कूटनीतिक गतिविधि र नेपाल सरकारको औपचारिक कदमले नै दिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धवल शम्शेरसहित १८३ नेताले गरे राप्रपा परित्याग (सूचीसहित)

राप्रपा संकटमा : धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताको सामूहिक राजीनामा

सम्बन्धित

धवल शम्शेरसहित १८३ नेताले गरे राप्रपा परित्याग (सूचीसहित)

चेक बाउन्समा सर्वोच्चको नजिर : रकम र ब्याज दुवै भराउनुपर्ने

सभामुखको प्रतिबद्धता र यथार्थबीच प्रश्न : दलित अधिकार कार्यान्वयनमा राज्यको कमजोरी उजागर

‘मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

रोल्पाको माडी–२ मा पिकअप दुर्घटना, ३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group