ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको प्रश्न : एक लाख पर्ने जमिनलाई किन १५ लाख तिरियो ?


admin

काठमाडौं, १८ साउन । इन्धन भण्डारण केन्द्र स्थापनाका जमिन खरिद प्रकृयामा भएको घोटाला अब मिडिया र आम नागरिकको मात्र चासोको विषय रहेन । व्यवस्थापिका संसद अन्तरगतको लेखा र अर्थ समितिमा समेत घोटाला प्रकरणले प्रवेश पाएको छ । बुधबार सम्पन्न अर्थ र लेखा समितिमा समेत बैठकमा समेत आयल निगमले गरेको घोटालाबारे छलफल भएको छ । छलफलमा सहभागी विभिन्न दलका सांसदले समेत आयल निगमको जग्गा खरिदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन । संसदीय समितिहरुमा समेत छलफलको विषय बनिसकेकाले अब जग्गा खरिदको नाममा करोडौं घोटाला गर्नेहरुले उन्मुक्ति नपाउने सम्भावना बलियो भएको छ ।

जग्गा खरिदको क्रममा नेपाल आयल निगमले करोडौ घोटाला गरेको विषय बुधबार बसेको लेखा समितिको बैठकको पहिलो एजेण्डा थियो । बैठकमा बोल्ने सबै सांसदले जग्गा खरिदमा धेरै रकम घोटाला भएको आरोप लगाएका छन् । बैठकमा बोल्दै सांसदहरुले जग्गा खरिदको नाममा आयल निगमले ऐन, कानुनको समेत बेवास्ता गरेर खरिद प्रक्रिया अघि बढाउनुको कारणको मागेका थिए । समितिका सदस्य धनराज गुरुङले विचौलिया राखेर जग्गा खरिद गर्ने अधिकार आयल निगमलाई कसले दियो भन्दै प्रश्न गरेका थिए । सांसद गुरुङले प्रति कठ्ठा ३ लाख पर्ने जमिनलाई १० भन्दा बढी मुल्यमा खरिद गर्नुको कारण आयल निगमका पदाधिकारीहरुसाग माग गरेका छन् ।

सर्लाहीकी सांसद डिम्पलकुमारी झाले पनि आयल निगमले जग्गा खरिदमा ठूलो घोटाला गरेको आरोप लगाएकी छिन् । सर्लाहीमा प्रति कठ्ठा ३ लाख पनि नपर्ने जग्गालाई करिव १० लाख मूल्य तिरेर निगमले घोटाला गरेको सांसद झाले आरोप लगाइन् ।

छलफलमा बोल्दै सांसद उषा गुरुङले पनि आयल निगमले जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइन । झापाका सांसद समेत रहेका गुरुङले झापामा प्रतिकटठा १ लाख भन्दा बढि नपर्ने जग्गालाई १३ लाख भन्दा बढी तिरेर घोटाला गरेको दावी गरे ।

सांसदहरुले आयल निगमले जग्गा प्राप्ती ऐनलाई वेबास्ता गर्दै जग्गा खरिद गर्नुको कारण खोजी गर्न समेत सरकारसाग माग गरेका छन । लेखा समितिले त आपूर्ति मन्त्री, आपूर्ती सचिव र आयल निगका प्रमुखलाई बोलाएरै घोटालाबारे सोधेको छ । लेखा समितिको बैठकमा बोल्दै आयल निगमका महाप्रबन्ध गोपालबहादुर खड्काले सरकारको निर्णय अनुसार नै जग्गा खरिद गरिएको दावी गरेका छन । महाप्रवन्धक खड्काले राम्रै बहाना सुनाएका थिए । उनले, पेट्रोलियम पदार्थको अभाव हुन नदिन हतारमा जग्गा खरिद गर्दा घोटालाको आरोप लागेको बताए ।


लेखा समितिको बैठकमा आपूर्तीमन्त्री शिवकुमार मण्डल पनि उपस्थित थिए । मन्त्री मण्डलले आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । निगमको जग्गा खरिदमा कमजोरी देखिएको भन्दै मन्त्री मण्डलले अनुसन्धान गरेर दोषीमाथि कार्वाही गर्न आफू प्रतिवद्ध रहेको पनि बताए ।

आयल निगमले जमिन खरिदको नाममा करौडों घोटाला गरेको विषय संसदीय समितिमा समेत प्रवेश गरेकाले आवश्यक छानविन हुने कुरामा ढुक्क हुन सकिन्छ । तर, घोटाला प्रकरणमा राजनीतिक दलको समेत संसग्नता रहेको हुनसक्ने आशंकाले कतै घोटालामा संलग्नहरु कारवाहीको दायाराबाट उम्कने हुन कि भन्ने पनि आशंका उब्जिएको छ । तर, सर्वत्र चासोका विषय बनिसकेकाले घोटालामा संलग्नहरु त्यसै उम्कन भने पाउने छैनन् ।

भ्रष्ट मानसिकतामा गुज्रिएका ठूला सरकारी कर्मचारी हरेक काममा भ्रष्टाचार गर्न अग्रसरहुन्छन् । नेपाल आयल निगमको पछिल्लो कर्तुतले यही कुरा पुष्टी गर्छ । त्यसै पनि आयल निगमको विगत राम्रो छैन । राज्यको ढुकुटी दोहन गर्न निगमले वर्षेनी बोनस बाड्ने गरेको तितो यथार्थ छ । निगमलाई नेतृत्व गर्न पुग्ने कर्मचारी पनि उस्तै मनोवृत्तिका छन् । जो, कुनै न कुनै रुपमा राज्यको ढुकुटी दोहन गर्न चाहन्छन् । सडक विभागबाट आयल निगमको महाप्रवन्धक हुने रुची गोपालबहादुर खड्कालाइृ त्यसै जागेको पक्कै होइन । पछिल्लो पटक जग्गा खरिदको प्रकरणमा समेत उनको प्रत्यक्ष र विशेष संलग्नताले उनी गलत मनोवृत्तिका कर्मचारी हुन भन्न अप्ठेरो मान्नु पर्दैन । जे हो, आयल निगमका ठूला कर्मचारीको कर्तुत पर्दाफास भएको छ । त्यसैले, आशा गरौं – यो विषयमा मिहिन रुपमा छानविन हुने छ । र, दोषी ठहरिनेहरु कानुनी कारवाहीको भागीदार बन्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com