ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा


एबीसी न्यूज
जेष्ठ १३, २०८३ बुधबार  ९ : २७ बजे

काठमाडौं १३ जेष्ठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढाउने घोषणा गर्नुभएको छ । एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री नेतन्याहुले लेबनानमा जारी सैन्य कारबाहीलाई थप सशक्त बनाइने बताउनुभएको हो । आफ्नो वक्तव्यमा नेतन्याहुले इजरायल हाल हिजबुल्लाहसँग युद्धको अवस्थामा रहेको उल्लेख गर्नुभयो । पछिल्ला केही हप्ताहरूमा मात्रै इजरायली सेनाले लेबनानमा ६ सय भन्दा बढी हिजबुल्लाह लडाकुहरूलाई मारिसकेको दाबी उहाँले गर्नुभयो । प्रधानमन्त्री नेतन्याहुले सैन्य अभियानलाई थप तीव्रताका साथ अघि बढाउन निर्देशन दिएको बताउँदै हिजबुल्लाहको शक्तिलाई पूर्ण रूपमा नष्ट गर्ने दृढता व्यक्त गर्नुभयो । यसका साथै, हिजबुल्लाहले प्रयोग गर्ने ‘फाइबर अप्टिक ड्रोन’ आक्रमणहरूको सामना गर्न एउटा विशेष टोलीले कार्य गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानको पूर्वी बेका उपत्यका र देशका अन्य विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका पूर्वाधारहरूमा आक्रमण शुरु गरिएको जनाएको छ । 
गत अप्रिलमा इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको भएपनि सीमा क्षेत्रमा तनाव कम हुन सकेको छैन । सम्झौताका बावजुद इजरायलले लेबनानमा लगभग दैनिक रूपमा हवाई आक्रमण जारी राखेको छ भने हिजबुल्लाहले पनि इजरायली सैन्य ठेगानाहरूलाई लक्षित गरी प्रतिशोधात्मक आक्रमणहरू गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“कि प्रधानमन्त्री बोलाउनुहोस्, होइन भने मलाई सदनबाट निकाल्नुहोस्” – हर्कराज राई

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

सम्बन्धित

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

इरानमाथि अमेरिकी आक्रमण: शान्ति वार्ताको भविष्य अनिश्चित !

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com