विराटनगर, ९ जेठ । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।थापाले भदौ २३ को घटनाको अनुसन्धानमा कांग्रेसको समर्थन रहे पनि २४ गते भएको व्यापक क्षतिको सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।‘
भदौ २३ गते अप्रिय घटना भयो, त्यसमा कारबाही प्रक्रिया अघि बढेको छ, यसमा कांग्रेसको समर्थन नै छ । तर, २४ गते कोइराला निवासदेखि चाक्सीबारीसम्म र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको छ, थुप्रै तन्नेरी र प्रहरी मारिएका छन्’, उनले भने,‘ सरकारसँग फेरि माग गर्दछु भदौ २४ को छानबिन गर्न न्यायिक आयोग बनाइयोस् ।’उनले अहिले यो घटनालाई सबैले ढाकछोप गर्न खोजेको र त्यो स्वीकार्य नहुने बताए ।








प्रतिक्रिया दिनुहोस्