काठमाडौं, ८ जेठ । रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी कसुर फिर्ता हुने भएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे को इजलासले शुक्रबार ती दुई कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनाल का अनुसार अब लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहनेछ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी को स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउन तथा सहकारी ठगीसम्बन्धी मुद्दालाई यथावत राख्न अदालतमा निवेदन दर्ता गरिएको थियो।
अदालतको आदेशमा सहकारी ठगीसम्बन्धी अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गरी हटाइएको उल्लेख गरिएको छ।
अदालतको पछिल्लो आदेशसँगै सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका जीबी राई, पूर्वडीआईजी छविलाल जोशी लगायत प्रतिवादीहरूमाथि अब सहकारी ठगीसम्बन्धी मुद्दामात्रै अघि बढ्ने भएको छ।








प्रतिक्रिया दिनुहोस्