काठमाडौँ, २ जेठ । आजका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । उक्त बैठक आगामी सोमबार बस्ने गरी सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
सोमबार बस्ने भनिएको उक्त बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुन्डुमा आयोजना गरिने भएको छ ।आइतबार पर्ने मदन–आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आज तय गरिएको बैठक स्थगित गर्नुपरेको सचिव अधिकारीले बताए ।यस बैठकमा पार्टीभित्रको आन्तरिक कार्यविभाजनका साथै गत फागुन २१ गते भएको निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।उक्त निर्वाचनमा पार्टीले लज्जास्पद नतिजा व्यहोर्नुपरेको भन्दै एमालेभित्र नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्