ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्


एबीसी न्यूज
जेष्ठ १, २०८३ शुक्रबार  ६ : १९ बजे

काठमाडौं, १ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वभर चर्चा योग्य र सम्झनलायक’ बताएका छन्।

बेइजिङमा दुई दिनसम्म चलेको बैठकपछि ट्रम्प अहिले वासिङ्टनतर्फ प्रस्थान गरिसकेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यस भ्रमणलाई ‘ऐतिहासिक र कोशेढुंगा साबित हुने’ बताएका छन्।

यद्यपि दुई देशबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ डिलको औपचारिक घोषणा भने गरिएको छैन।

ट्रम्प सवार विमान एयर फोर्स वान बेइजिङबाट उडिसकेको छ। उनी बाटोमै सञ्चारमाध्यमसँग कुरा गर्न सक्ने र बैठकसँग सम्बन्धित थप विवरण सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

दुई नेताबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवानलगायतका विषयमा छलफल भएको बताइएको छ। यसअघि ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए।

ट्रम्पले चीन होर्मुज स्ट्रेट पुनः खुला होस् भन्ने चाहेको पनि बताएका छन्। उनका अनुसार बेइजिङले अमेरिकाबाट तेल खरिद गर्न सहमति जनाएको छ।

तर अहिलेसम्म वार्ताको ठोस परिणाम वा कुनै औपचारिक सम्झौताबारे दुवै पक्षले सीमित जानकारी मात्रै सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com