ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब


एबीसी न्यूज
जेष्ठ १, २०८३ शुक्रबार  ६ : १५ बजे

काठमाडौं, १ जेठ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग स्मार्ट टेलिकम प्रालिका दूरसञ्चार उपकरण खरिदका लागि दिएको ४ अर्ब ५० करोड रुपैयाँ फिर्ता मागेको छ। बैंकलाई एनसेलले पैसा फिर्ता गर्न आग्रह गर्दै पत्र पठाएको हो।

एनसेलको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा तपाईँ बैंक र पूर्वप्राइम कमर्सियल बैंक लिमिटेड समेतको सहवित्तीयकरण कर्जाअन्तर्गत धितो सुरक्षणमा रहेको स्मार्ट टेलिकम प्रालिअन्तर्गत ललितपुरसँग सम्बन्धित विभिन्न दूरसञ्चार उपकरणहरू लगायतका सामग्रीहरू लिलाम बिक्री गर्नेसम्बन्धी मिति २०८२।०६।०३ गते हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित १५ दिने सार्वजनिक सूचना बमोजिम यस कम्पनीले सूचनाको समय भित्र लिलाम सकार गरेको लागि ४ अर्ब ५० करोड बराबरको बोलपत्र पेस गरेकोमा तद् बैंकको मिति २०८२।०६।१० गतेको पत्रबाट यस कम्पनीले उक्त बोलपत्र बमोजिम सकार गरेको जानकारी प्राप्त भएको एवं यस कम्पनीका नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट उक्त उपकरणहरूमा स्वामित्व ग्रहण गर्न र यस कम्पनीको नेटवर्कमा समावेश गरी सेवा सञ्चालन गर्न स्वीकृति माग गरेकोमा मिति २०८२।१२।०७ मा लिलामको तथ्य सम्पत्ति हस्तान्तरण गर्ने कार्य कानुन सम्मत नभएको भन्ने पत्र प्राप्त भएको ब्यहोरा मिति २०८३।०१।०२ को पत्र मार्फत तपाईँलाई अवगत गराइएको थियो।’नियमनकारी निकायको उक्त पत्रले गर्दा बैंकले उल्लेख गरेको लिलाम बिक्रीको काम कारबाहीमा कानुनी प्रश्न खडा भएको र लिलाममार्फत सकार गरिएका उक्त दूरसञ्चार उपकरणहरुमा कानुनबमोजिम स्वामित्व ग्रहण गर्न नसक्ने अवस्था रहेको एनसेलले बैंकलाई लेखेको पत्रमा उल्लेख छ।

‘तसर्थ, लिलाम मार्फत सकार गरिएका उपकरणहरूमा कानुन बमोजिम यस कम्पनीको नाममा यथाशीघ्र स्वामित्व हस्तान्तरण गरिदिन हुन अनुरोध छ’, एनसेलले पत्रमा भनेको छ, ‘कानुनबमोजिम स्वामित्व हस्तान्तरण हुन नसक्ने अवस्थामा उक्त उपकरणहरू लिलाम सकार गर्ने क्रममा तहाँ बैंकलाई भुक्तानी गरेको ४ अर्ब ५० करोड रुपैयाँ यस कम्पनीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको निम्न लिखित खातामा फिर्ता भुक्तानी गरी सोको लिखित जानकारी दिन हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com