काठमाडौं, ३० वैशाख । बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा काठमाडौँको मातातीर्थ क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प २.९ म्याग्निच्युडको रहेको छ । भूकम्पको तीव्रता कम भएकाले ठूलो क्षतिको विवरण भने प्राप्त भएको छैन ।साँझको समयमा अचानक धक्का महसुस भएपछि केही स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए। सामाजिक सञ्जालमा पनि धेरैले भूकम्प महसुस भएको प्रतिक्रिया जनाएका छन् ।







प्रतिक्रिया दिनुहोस्