ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?


एबीसी न्यूज
बैशाख ३०, २०८३ बुधबार  १ : ३८ बजे

काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीले अपनत्व नलिएको आरोप लगाएको छ । 

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा काँग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियारले राष्ट्रिपतिले प्रधानमन्त्रीले अपनत्व नलिएको नीति तथा कार्यक्रममाथी छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको बताउनु भयो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा प्रधानमन्त्री संसद छाडेर निस्किनुभएको थियो । उक्त घटनालाई विपक्षी दलहरुले असंवैधानिक र अमर्यादित हर्कत भएको भनी आलोचना गरिरहेका छन् । परियारले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला देखिएको असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित व्यवहारले लोकतान्त्रिक मूल्य र संसदीय संस्कारमाथि ठूलो प्रहार भएको बताउनु भयो । नेपालको संसदीय इतिहासमै पहिलो पटक यस्तो प्रकारको व्यवहार देखिएको उल्लेख गर्दै उहाँले लोकतन्त्रप्रति आस्था राख्ने नागरिकहरू दुखित भएको बताउनु भयो । उहाँले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा सांसदहरू मनोमानी ढंगले उठेर हिँड्ने प्रवृत्तिले संसदीय अभ्यास र मर्यादामाथि प्रश्न उठाएको बताउनुभयो । यस्तो खालको असंसदीय व्यवहार सहन नसकिने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संघीय संसदको बैठकमा नेपाल सरकारको तर्फबाट सम्माननीय राष्ट्रपतिज्युबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन भईरहँदा नेपालको ईतिहासमा जसरी पहिलो पटक असंसदीय, अधैर्य, अशिष्ट र अर्मादित व्यवहारको साक्षी हामी हुनुप¥यो । नेपालका तमाम् लोकतन्त्रबादी शक्ति, नागरिक दुःखी भएका छन् । यस्तो अशिष्ट व्यवहार रहिरहँदा लोकतन्त्रप्रति ठुलो प्रहार भएको हामीले महसुस छौँ । आजदेखी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथी छलफल हुने कार्यसूची छ । तर यस्ता खालका अलोकतान्त्रिक र अर्मादित व्यवहारहरु भईरहँदा नेपाल सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रिपतिले प्रश्तुत गरिरहँदा राष्ट्रिपतिको कार्यक्रमजस्तो गरेर संसदीय सांसदहरुले मनलाग्दी छोड्दै जाने हो भने संसदीय अभ्यास, संस्कार कसरी कायम राख्न सकिएला ? अध्यक्षज्यूमार्फत नेपाल सरकारलाई प्रश्न गर्न चाहन्छु ।  यस्तो खालको असंसदीय व्यवहार अब सहन सकिदैन । प्रधानमन्त्रीले यसबारेमा के भएको सदनमा आएर जानकारी गराउन माग गर्दछु । नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीले नै अपन्वत्व नलिएपछि यहाँ  नीति तथा कार्यक्रममाथी छलफल गर्ने कि नगर्ने प्रश्न उठेको छ । यसको बारेमा सदनलाई जानकारी गराइयोस् । अध्यक्षज्यूवाट यसको रुलिङ होस् भन्ने माग गर्दछु ।’ 
परियारले प्रधानमन्त्रीले नै अपनत्व नलिएको अवस्थामा संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्नुको औचित्य के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सरकार सुधारको बाटोमा ः अधिवक्ता चौलागाई भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविकः व्यवसायी शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com