काठमाडौं, १७ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले २ ओटा मात्रै जारी गरेका छन् । सरकारले सहकारीसहित संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । यसैवीच राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ।
सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्