ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो


एबीसी न्यूज
बैशाख १६, २०८३ बुधबार  ८ : ३८ बजे

काठमाडौं, १६ वैशाख । थापाथलीबाट डोजर लगाएर विस्थापित गरिएका सुकुम्बासीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। एकातिर अस्थायी सेल्टरमा आधारभूत व्यवस्थाको अभाव छ भने अर्कोतिर त्यहाँ पुगेका पत्रकारमाथि समेत कडा नियन्त्रण लगाइँदा वास्तविक अवस्था बाहिर आउन कठिन बनेको छ।

कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुम्बासीसँग प्रत्यक्ष कुरा गर्न पत्रकारलाई निषेध गरिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकले फोटो, भिडियो र अडियो रेकर्डिङ गर्न नदिँदै “भिडियो–फोटोका कारण जागिर जाने डर” भएको भन्दै मिडियामाथि असहजता देखाएका छन्। सार्वजनिक चासोको विषयमा यस्तो प्रतिबन्ध लगाइनुले पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

अस्थायी टेन्टमा करिब ५७ परिवारका १६१ जना कोचिएर बसिरहेका छन्। खुला ट्रष्टमुनि राखिएका टेन्टमा हावाहुरी र वर्षाको प्रत्यक्ष असर पर्दा सुत्नसमेत कठिन भएको छ। एउटै टेन्टमा ससुरा, बुहारी, नातिनातिना सँगै बस्नुपर्दा विशेषगरी महिलाहरूलाई ठूलो असहजता भएको गुनासो छ। बालबालिकाहरूको पढाइ समेत अन्योलमा परेको छ।

यहीबीच, थापाथलीबाट विस्थापित भएका खम्बसिंह बुढाथोकीको पीडा झन् मार्मिक छ। २० वर्षदेखि बसोबास गर्दै आएको टहरो डोजरले भत्काएपछि उनले लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको बताएका छन्। “सामान सार्ने समयसमेत दिइएन, सबै पुरियो,” उनले आँखाभरि आँसु पार्दै भने, “अब कहाँ गएर लुगाफाटा खोज्नु ?”

परिवारका सदस्यहरू घरमै हुँदा डोजर चलेपछि बुहारी र नातिनीले केही पनि जोगाउन नसकेको उनको भनाइ छ। अस्थायी सेल्टरमा पुगेका उनी अहिले आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्। इलाममा भएको जग्गा उपयोग गर्न नसक्दा कामको खोजीमा काठमाडौं आएको बताउँदै उनले “सहर पस्नु हाम्रो गल्ती होइन” भनेका छन्।

केही स्वयंसेवकले खाना र आधारभूत सुविधा उपलब्ध गराइएको दाबी गरे पनि सुरुवाती दिनमा प्याकेट खाना अपुग भएको गुनासो आएको थियो। अहिले पनि व्यवस्थापन दीर्घकालीन नभएको र १५ दिनभित्र अन्यत्र सार्ने तयारी मात्र रहेको बताइएको छ।

समग्रमा, सुकुम्बासीको व्यवस्थापनभन्दा बढी उनीहरूको विस्थापन प्रक्रिया र त्यसपछिको अवस्था विवादको केन्द्रमा देखिएको छ—जहाँ पीडा, असहजता र सूचनामाथिको नियन्त्रण तीनै पक्ष एकैसाथ उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com