ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट


एबीसी न्यूज
बैशाख १६, २०८३ बुधबार  ११ : १० बजे

ईंटा र सिमेन्टले बनेको भवन भत्काउनु एउटा कुरा हो। तर पाँच शताब्दीदेखि भारतको रगत र माटोमा भिजेको संस्कृतिलाई जरैदेखि उखेल्नु निकै कठिन काम हो।


आफ्ना समर्थकहरू, संसद् र राष्ट्रका नाममा दिइने भाषणहरूमा नरेन्द्र मोदीले भारतको शताब्दीयौं लामो दासताको कुरा बारम्बार दोहोर्‍याउँदै आएका छन्। सन् २०१४ मा सत्ता सम्हालेलगत्तै उनले विस्मात् प्रकट गर्दै भनेका थिए, “१,२०० वर्षको दासताको मानसिकताले हामीलाई अझै पिरोलिरहेको छ। अलिकति पनि उच्च ओहोदाको कोही व्यक्तिसँग कुरा गर्दा टाउको उच्च राखेर बोल्न हाम्रा लागि अक्सर चुनौतीपूर्ण हुने गर्छ।” यस गुनासोको मुख्य तारो ब्रिटिस उपनिवेशवादभन्दा अघि शासन गर्ने मुस्लिम साम्राज्यहरूको श्रृंखला हो।

ती साम्राज्यहरूमध्ये मुगलहरू सबैभन्दा लामो समयसम्म टिकेका थिए। गत अप्रिल २१ तारिखले पानीपतको युद्ध भएको ठ्याक्कै ५०० वर्ष पूरा गर्‍यो, जब मध्य एसियाली शासक तैमुर र चंगेज खानका वंशज बाबरले (“मंगोल” बाट “मुगल” शब्द आएको) दिल्लीका अन्तिम सुल्तानलाई पराजित गरेका थिए। उनले स्थापना गरेको साम्राज्य आफ्नो चरम उत्कर्षमा विश्वकै सबैभन्दा धनी र शक्तिशाली मध्ये एक थियो। यसका शासकहरूले भारतीय राजपरम्पराका रीतिथितिहरू अपनाए, स्थानीय स्तरमा वैवाहिक सम्बन्ध गाँसे र वास्तवमा भारतीय नै बने (बेलायतीहरू जस्तो होइन)। उनीहरूको उपलब्धिहरू भारतीय उपलब्धि नै हुन्।

तैपनि, साम्राज्य स्थापनाको यो ५००औँ वार्षिकोत्सव कुनै चर्चा बिना नै बित्यो। मोदीको भारतीय जनता पार्टी (भाजपा) को दाबी छ कि मुगलहरूले मन्दिरहरू ध्वस्त पारे (जुन सत्य हो) र हिन्दुहरूलाई अपमानित गरे (जुन विवादित छ)। भाजपाको विचारधाराले प्रश्न गर्छ— उनीहरूले भारतसँग भएको सबै कुरा लुटे, तर बदलामा हामीलाई के नै दिए त?

सबैभन्दा पहिले भाषाकै कुरा गरौँ। सन् २०१४ मा मोदीले आफ्नो भाषण हिन्दीमा दिएका थिए, जुन भारतमा सबैभन्दा बढी बोलिने भाषा हो। माथि उल्लेखित उनको भनाइका २८ शब्दहरूमध्ये एक चौथाइ शब्दहरू फारसी भाषा हुँदै भारत भित्रिएका हुन् भनी मुस्लिम भारतका इतिहासकार रिचर्ड इटन उल्लेख गर्छन्। मुगल दरबारको भाषाले उत्तर भारतका अधिकांश भाषाहरूको शब्दभण्डारमा गहिरो प्रभाव पारेको छ। वास्तवमा, “हिन्दी” र “हिन्दु” दुवै शब्द “हिन्द” बाट आएका हुन्, जुन अङ्ग्रेजीमा ‘इन्डस’ (सिन्धु नदी) का लागि प्रयोग गरिने फारसी नाम हो। तर, “हिन्दु राष्ट्रवाद” मा “हिन्दु” शब्द थपिदिनु बाहेक मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र?

विश्वभर “इन्डियन” भनेर चिनिने परिकारलाई भारतमा “मुगलई” भनिन्छ। तन्दुर (माटोको चुल्हो), जसबाट नरम नान र पोलेका कबाबहरू निस्कन्छन्, फारसी संसारबाटै आएको हो। समोसा, सर्वत, विभिन्न मिठाई र बिरयानी पनि त्यहीँबाट आएका हुन्— बिरयानी त विगत १० वर्षदेखि लगातार भारतमा सबैभन्दा बढी अर्डर गरिने परिकार हो। भाजपाको एउटा कट्टरपन्थी समूह मासु र अण्डालाई मन पराउँदैन, तर शाकाहारीहरूले पनि ‘तन्दुरी पनिर’ (फारसी शब्द ‘पनिर’ बाट आएको, जुन सम्भवतः अफगानहरू मार्फत आएको हो) निकै रुचाउँछन्।

मानौँ, तन्दुरीका परिकारहरू लोभलाग्दा छन्। तर भाषा र खाना बाहेक मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र? भारतका १० सबैभन्दा लोकप्रिय ऐतिहासिक पर्यटकीय स्थलहरूमध्ये चारवटा र विदेशीहरूका लागि ६ वटा स्थलहरू मुगलहरूले नै बनाएका हुन्। दुवै सूचीमा ताज महल पहिलो नम्बरमा पर्छ। हरेक वर्ष प्रधानमन्त्रीले लाल किल्ला (Red Fort) बाट स्वतन्त्रता दिवसको भाषण दिन्छन्, जुन दिल्लीको यस्तो मुगल स्मारक हो जो भारतको पहिचानसँग यति नजिक छ कि यो सबैभन्दा बढी प्रयोग हुने नोटको पछाडि पनि अङ्कित छ।

जर्ज ह्यारिसनले प्रसिद्ध बनाएको सितार मुगल युगकै उपज हो। हिन्दु र मुस्लिम दुवै दुलाहाले लगाउने ‘शेरवानी’ पनि मुगल दरबारको पोसाकबाटै विकसित भएको हो। “मध्यकालीन भारतका लोकप्रिय धर्महरू, सुफीवाद, उर्दू भाषा र इन्डो-सारासेनिक कला विजेता र पराजित दुवैका साझा सम्पत्ति थिए र ती एकआपसमा मिसिएका थिए,” प्रतिष्ठित भारतीय इतिहासकार जदुनाथ सरकारले लेखेका छन्। धार्मिक अभ्यासहरूमा रुचि राख्ने मुगल सम्राट अकबरले हिन्दु महाकाव्यहरूको फारसी अनुवाद गराएका थिए (जुन गुण उनका पनाति औरंगजेबमा थिएन, जो मन्दिरहरू भत्काउन माहिर थिए)।

तर भाषा, खाना, वास्तुकला, संगीत, कला र सांस्कृतिक सम्मिश्रण बाहेक मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र?

उनीहरूले भाजपालाई सत्तामा ल्याए। सन् १९९० मा, जब संसद्मा भाजपाको सिट संख्या मात्र १६ प्रतिशत थियो, उसले भगवान रामको जन्मभूमि भनिएको ठाउँमा मन्दिर बनाउन माग गर्दै राष्ट्रव्यापी अभियान सुरु गर्‍यो। त्यो ठाउँमा पहिलो मुगल सम्राट बाबरको पालामा बनेको एउटा मस्जिद थियो। सन् १९९२ मा भाजपाका नेताहरूको उपस्थितिमा भीडले त्यो मस्जिद भत्काइदियो, जसले देशव्यापी रूपमा एक प्रकारको आवेग पैदा गर्‍यो र भाजपाको आधार तयार पार्‍यो, जसले अन्ततः उसलाई सत्तामा पुर्‍यायो। सन् २०२४ को सुरुवात्सम्ममा जब मोदीले प्रतिज्ञा गरिएको मन्दिरको प्राण प्रतिष्ठा गरे, उनको पार्टीले ५६ प्रतिशत सिट ओगटेको थियो। यस पार्टीले विगत एक दशक मुगल नामका सहरहरूको नाम फेर्न, मुगलई खानालाई अस्वीकार गर्न र इतिहासका पुस्तकहरूबाट मुगलहरूलाई हटाउन खर्च गरेको छ।

ईंटा र सिमेन्टले बनेको भवन भत्काउनु एउटा कुरा हो। तर पाँच शताब्दीदेखि भारतको रगत र माटोमा भिजेको संस्कृतिलाई जरैदेखि उखेल्नु निकै कठिन काम हो। त्यसैले, मुगलहरूले उनीहरूका लागि के गरे भन्ने प्रश्नको सबैभन्दा राम्रो जवाफ यही हो— मुगलहरूले राजनीतिक हिन्दुत्वलाई एक यस्तो ‘खलनायक’ दिए, जो शाश्वत छ र जसको उपस्थिति बिना यसको राजनीति अधुरो रहन्छ।

यो लेख चर्चित म्यागजिन दि इकोनोमिष्टबाट सान्दर्भिक लागेर त्यसको नेपाली रुपान्तर यहाँ दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

माननीय’ हटाउने निर्णय: सुधारको संकेत कि प्रतीकात्मक राजनीति ?

सम्बन्धित

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com