ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह


एबीसी न्यूज
बैशाख ११, २०८३ शुक्रबार   १२ : १२   बजे

काठमाडौँ, — सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध राजधानीको थापाथली क्षेत्रमा शुक्रबार प्रदर्शन चर्किएको छ। स्थानीय बासिन्दा र युवाहरूले सरकारविरुद्ध नारा लगाउँदै विरोध जनाएका छन्।

प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “सुकुमवासीको आवास अधिकार सुनिश्चित गर” र “निरंकुश निर्णय खारेज गर” जस्ता नारा लगाइरहेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘छाती थाप्न आउनू’ भन्दै नाराबाजी गरेका छन्। सरकारमा जानुअघि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू प्रतिरोध गर्न जाने बताएका थिए। तर अहिले उनकै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले बस्ती हटाउने निर्णय गरेपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन्।

सरकारले बिहीबार साँझदेखि थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन माइकिङ सुरु गरेको थियो। शुक्रबार बिहानदेखि केही बासिन्दाले सामान सार्न थालेका छन् भने केहीले बस्ती नछोड्ने अडान राख्दै विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको प्रदर्शनलाई माइतीघर मण्डलासम्म लैजाने तयारी गरिएको छ।

यसअघि वैशाख ९ गते प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो। बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रशासनले पहिलो चरणमा उपत्यकाका चार सुकुमवासी बस्तीमा डोजर प्रयोग गर्ने तयारी गरेको जनाएको छ। सूचना पाएपछि कतिपय बासिन्दाले आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन् भने अन्यले सरकारी निर्णयको अवज्ञा गर्ने तयारी गरेका छन्।

देशभर करिब १२ लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ। यस घटनाले सुकुमवासी व्यवस्थापन, आवास अधिकार र राज्यको भूमिकाबारे पुनः बहस चर्काउने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

सम्बन्धित

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group