ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयताको अनुभूति गर्न पाएनन् जनताले: प्रदेशसभा सदस्यहरू


admin

जनकपुरधाम, २५ चैत । प्रदेश नं. २ मा संघीयता र सरकारको अनुभूति आमजनताले गर्न नपाएको धारणा प्रदेशसभासदस्यहरूले व्यक्त गर्नुभएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको एघारौं बैठकको विशेष समयमा उहाँहरूले सो धारणा राख्दै प्रदेशमा महिला हिंसा र आपराधिक घटनामा वृद्धि, शान्ति सुरक्षाको अवस्था दयनीय भएको, जनप्रतिनिधिहरूले पाउने पारिश्रमिकको अन्यौलता, प्रदेश अधिकारको अस्पष्टता, शिक्षा, स्वास्थ्य, सिँचाइ तथा किसानको अवस्थातर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशको नाम, राजधानी र सरकारी कामकाजको भाषा निर्धारण यथाशीध्र गर्न आग्रह गर्दै उहाँहरूले सरकारको उपस्थिति कुनै पनि क्षेत्रमा नदेखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका मनिषकुमार सुमन, अभिराम शर्मा र रानीकुमारी तिवारीले सरकारको कामकारवाही ढिलो गतिमा भएका कारण जनप्रतिनिधिप्रति गुनासो बढ्दै गएको, दुई महिनामा १३ वटा बलात्कारका घटना भएको, मन्त्रीलाई ज्यान मार्ने धम्की, नागरिकताको समस्या, नदी कटान, डुबान र चुरे वनका बारेमा ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादव र रूवीकुमारी कर्णले प्रधानमन्त्रीको बोली मधेसप्रति होच्याउने किसिमको भएको, प्रदेशसभाले आफ्नो धरतीको भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने, सरकारको भूमिका हरेक क्षेत्रमा शून्य रहेको, भूमिगत संगठनकर्ता जयकृष्ण गोइतसँग वार्ता गरी मूलधारमा ल्याउने प्रयास गर्नुपर्ने, महिला हिंसा नियन्त्रण, सुनकोशी–कमला डाइभर्सन परियोजना कार्यान्वयन गर्नुपर्ने आदि धारणा राख्नुभयो ।

नेकपा (एमाले) का किशोरी साह ‘कमल’ र सुन्दरबहादुर विश्वकर्माले सरकारको नीति तथा कार्यक्रम नआएका कारण जनप्रतिनिधि अन्योलमा रहेको, दलितलाई सरकारले उपेक्षा गरेको, स्थानीय एक पत्रिकाले मानमर्दन गरी समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाउनुभयो ।

नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह र शोभा लामाले बलात्कार, हत्या र अपहरणका घटनामा वृद्धि, उखु किसानको बिचल्ली, वीरगञ्जका सरकारी कार्यालयको दुरवस्था, स्वास्थ्य केन्द्रमा वर्थ सेन्टर, शिक्षामा सबैको पहुँच हुनुपर्ने आदि विचार व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सञ्जयकुमार यादव र अशोककुमार यादवले जयनगरदेखि वीरगञ्जसम्म रेल विस्तार गर्नुपर्ने, किसानका उत्पादनको बजारीकरणको व्यवस्थापन, आठै जिल्लामा रंगशाला निर्माण, सरकारी अस्पतालहरूको अवस्थामा सुधार, हरेक निकायमा व्याप्त अराजकताको अन्त्यकालागि पहल हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com