ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा


एबीसी न्यूज
बैशाख ७, २०८३ सोमबार   ५ : ५७   बजे

काठमाडौं : सम्पत्ति शुद्धीकरण लगायत गम्भीर आरोपमा प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङ पनि लगानीकर्ता रहेको तथ्य बाहिर आएको छ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका दीपक भट्ट र विवादास्पद शंकर समूहको संयुक्त लगानी रहेको उक्त कम्पनीमा गृहमन्त्री सुधन गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले पहिले नै सार्वजनिक गरेको थियो।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी भट्ट र शंकर समूहबाट सञ्चालित माइक्रो लाइफ इन्स्योरेन्स हो। यसको सञ्चालक समितिको अध्यक्षमा सुजन आचार्य रहेका छन् भने सञ्चालकहरूमा लोबुचे इन्भेस्टमेन्टका तर्फबाट श्रेया रुंगटा, प्रजुती बज्राचार्य र घान्द्रुक इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सिता प्रसाद पोखरेल छन्।

गृहमन्त्री गुरुङ र दीपक भट्ट समूहबीच पहिलेदेखि नै घनिष्ठ सम्बन्ध रहेको कुरा सार्वजनिक भइसकेको छ। ‘हामी नेपाल’ ले भट्टसहितलाई सम्मान गरेको घटना पहिले नै खुलासा भइसकेको छ । जेनजी आन्दोलनमा सहभागी भएपछि गुरुङ र भट्टबीचको शंकास्पद सम्बन्धबारे समाचार प्रकाशित गहुँदै आएका थिए ।

पछिल्लो पटक विभिन्न मिडियामा आएका सेयर लगत विवरणमा पनि उनीहरूबीच प्रत्यक्ष साझेदारी रहेको देखिन्छ। तर, हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा रहेको २५ लाख रुपैयाँको लगानीबारे कुनै उल्लेख गरिएको छैन।

सम्पत्ति विवरणमा उनले केवल होप होल्डिङ्स प्राली, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालीमा लगानी रहेको मात्र उल्लेख गरेका छन्। स्टार माइक्रो इन्स्योरेन्समा रहेको लगानी पूर्ण रूपमा लुकाइएको छ। यसले गृहमन्त्रीले सम्पत्ति विवरण लुकाएको स्पष्ट देखिन्छ।

शेयर लगतको ४९ नम्बरमा गुरुङको विवरण छ, जसमा उनको ठेगाना चुम्नुब्री-२, गोरखा उल्लेख छ। सम्पत्ति विवरणमा पनि उनले सोही ठेगाना राखेका छन्। बाबुको नाम दिलबहादुर गुरुङ नै उल्लेख छ।

आर्थिक सुशासन र बिचौलियातन्त्रको अन्त्य गर्ने नारासहित ‘जेनजी’ आन्दोलनबाट राजनीतिमा उदाएका सुधन गुरुङ आफैं ठूला विवादास्पद व्यापारिक घराना र बिचौलियासँगको साझेदार देखिएपछि बालेन शाह नेतृत्वको सरकारमाथि गम्भीर नैतिक प्रश्न उठेको छ।

जब उनको सम्पत्तिको स्रोतबारे प्रश्न उठाइन्छ, सामाजिक सञ्जालमा गुरुङले “गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो” भन्ने भावुक स्टाटस लेखेका थिए। तर, विवादास्पद व्यवसायीसँगको गोप्य साझेदारी र सम्पत्ति विवरण लुकाउने कार्यले भने उनको यो भनाइको विश्वसनीयतामाथि नै ठूलो प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group