ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री शाहको टिममा शक्तिशाली इन्ट्री: दिपा दाहाल प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त


एबीसी न्यूज
चैत्र २०, २०८२ शुक्रबार   ७ : ४३   बजे

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह को प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक तथा प्राध्यापक दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

झण्डै दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेकी छन्। उनी भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका विषयमा निरन्तर लेखन तथा अनुसन्धान गर्दै आएकी व्यक्तिका रूपमा परिचित छन्।

दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। पछिल्लो समय उनी उकालो डटकम मा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा संलग्न थिइन्। पद्मकन्या बहुमुखी क्याम्पस मा विगत ७ वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल सञ्चार सीप तथा मौलिक नेतृत्वसम्बन्धी तालिम पनि दिँदै आएकी छन्। उनी ‘कोभिड: नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखिका समेत हुन्।

दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न खोज पत्रकारितासम्बन्धी पुरस्कारहरू समेत प्राप्त गरिसकेकी छन्, जसले उनको व्यावसायिक विश्वसनीयता र दक्षतालाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group