ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीका सांसदसँग प्रधानमन्त्री– सक्ने काम मात्रै तत्काल गरौं


एबीसी न्यूज
चैत्र २०, २०८२ शुक्रबार   ७ : १९   बजे

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँँग गण्डकी प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रको समस्या समाधानको पहल गर्न माग गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । जसअर्न्तगत शुक्रबार प्रधानमन्त्री बालेनले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।‘आफ्नो क्षेत्रको समस्या प्रधानमन्त्रीसँग राखेका छौं,’ नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालले भने । उनले बुटवल नारायणगढ सडकखण्ड, दाउन्ने सडक खण्ड, त्रिवेणी दुम्किवास सडक, तटबन्ध, हुलाकी राजमार्ग मानव र बन्यजन्तु द्वन्द्व, पर्यटनको विकास लगाययमा काम गर्नुपर्ने प्रधानमन्त्रीसँग राखेका छन् ।‘समाधानको सहजीकरण गर्न सरकारलाई भनेको छु,’ उले भने ।म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले असार मसान्तसम्म गर्नुपर्ने काम अड्केकाले ती काममा सहजीकरण गर्न आग्रह गरिएको बताए । ‘असार मसान्तसम्म हुने काम गर्नुपर्‍यो । अड्केको ठाउँमा फुकाउनुपर्‍यो,’ उनले भने ।

सांसदहरूले तत्काल र दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने समस्या पनि राखेका छन् । ‘प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका छौं । क्षेत्रको समस्या उठाएको हो । भौतिक पूर्वाधार, सिद्धार्थ राजमार्ग, कृषि, उत्पादनको आधारमा अनुदान, कृषि एम्बुलेन्स, अस्पतालमा चिकित्सकको दरबन्दी, औषधि, उपकरण, प्रविधिमैत्री शिक्षा, नमुना स्कुलको अवधारणा, खानेपानी, सिंचाइका समस्या राखेका छौँ,’ स्याङ्जाबाट निर्वाचित झविलाल डुम्रेले भने ।

प्रधानमन्त्री बालेनले सबै सांसदको कुरा सुनेको र सचिवालयले टिपोटसमेत गरेका छन् । ‘हाम्रो कुरा प्रधानमन्त्रीज्यूले सुन्नु भएको छ । गर्न सक्ने काम तत्काल गर्ने र गर्न नसकिनेलाई अहिले नसकिने भन्नु भएको छ,’ नवलपुर–१ बाट निर्वाचित सांसद राजन गौतमले भने ।

छलफलमा सहभागी सांसदका अनुसार प्रधामनन्त्री बालेनले सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । सचिवालयसँग नियमिति सम्पर्क र सहजीकरण गर्न पनि प्रधानमन्त्री बालेनले सांसदलाई आग्रह गरेका छन् । समस्याहरू लिखितरुपमा प्रधानमन्त्री कार्यालयमा दिन प्रधानमन्त्री बालेनले भनेका छन् ।

‘जुन समस्या हो त्यो सम्बन्धित मन्त्रालयसँग कोर्डिनेसन गर्ने र प्रदेशको सबै सांसद रहनेगरी ह्वाट्सएप ग्रुपमा जोडिन भन्नु भएको छ,’ सांसद मनिष खनालले भने । यसअघि प्रधानमन्त्री बालेनले अन्य प्रदेशका संसादसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group