ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामीमाथि २४ घण्टा निगरानी गरिदिनुहोला :रवि लामिछाने


एबीसी न्यूज
चैत्र १९, २०८२ बिहीबार  ३ : ०६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं।”

उनले जनताको मतादेशलाई गुन तिर्ने प्रतिबद्धता समेत व्यक्त गरे। “म जनतालाई आभार मात्र प्रकट गर्दिनँ। यो रोस्ट्रमबाट प्रतिज्ञा गर्छु — यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,” लामिछानेले भने।

“हामीमाथि चौबिसै घण्टा निगरानी गरिदिनुहोला”

सम्बोधनका क्रममा लामिछानेले प्रतिपक्षी दलहरूलाई रास्वपामाथि निरन्तर निगरानी गर्न आग्रह गरे। उनले भने, “हामीमाथि चौबिसै घण्टा निगरानी गरिदिनुहोला।”

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्न उनलाई २५ मिनेट समय दिइएको थियो।

लामिछानेको यो सम्बोधनले सिंहदरबारमा नयाँ शक्तिको आगमनसँगै परिवर्तनको सन्देश दिन खोजेको देखिन्छ। रास्वपाले पुरानो राजनीतिक संस्कृति र संरचनालाई बदल्ने दाबी गर्दै आएको छ।

यो सम्बोधनमा उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको अपेक्षा पूरा गर्ने विषयमा जोड दिने अपेक्षा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमसिसी खारेज गर्न हर्क साम्पाङको माग

कार्की आयोगको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन कांग्रेसले बनायो छुट्टै समिति

सम्बन्धित

ओली थप २ दिन हिरासतमा रहने

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

केपी ओलीसँग शिक्षण अस्पतालमै लिन थालियो बयान

के कारणले चुनाव हारेको निष्कर्ष निकाल्यो नेकपाले ?

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यावसायी दीपक भट्ट पक्राउ

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com