ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा


एबीसी न्यूज
चैत्र १०, २०८२ मंगलबार  २ : ३३ बजे

“सार्वजनिक खपतको विषय मात्र होइन, निष्कर्ष निकालिनुपर्छ”

काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा ले जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएको र जलेको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भने, “जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ । अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको मात्र होइन, निष्कर्ष निकालिनुपर्छ ।”

भदौ २४ को घटना

जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा को बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए । त्यस क्रममा घरभित्र ठूलो मात्रामा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो ।

त्यही दिन कांग्रेसका अर्का नेता दीपक खड्का को बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको थियो र त्यहाँ पनि पैसा जलेको भिडियो बाहिर आएको थियो । देउवा दम्पतीमाथि साङ्घातिक आक्रमणसमेत भएको थियो ।

गगन थापाले यी दुवै घटनामा भेटिएको पैसाबारे पूर्ण छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

अख्तियार दुरुपयोग र नीतिगत भ्रष्टाचार पनि छानबिन गर

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गर्नुपर्ने बताए । उनले भने, “यी विषयलाई पनि छोड्न सकिँदैन ।”

बैठकका ५ एजेण्डा

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले निम्न ५ एजेण्डा पेस गरेका छन् :

समसामयिक संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन

१५औँ महाधिवेशनको तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिको भूमिका

यो बैठकमा सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक औपचारिक रूपमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन् ।

थापाको भनाइले कांग्रेसभित्र भ्रष्टाचार र आन्तरिक शुद्धीकरणको बहस फेरि एकपटक तातिएको छ । अब पार्टीले यी विषयमा के गर्छ ? अनुसन्धान हुन्छ कि फेरि पनि ‘सार्वजनिक खपत’ मा मात्र सीमित रहन्छ ? कांग्रेस नेतृत्वले दिने जवाफ निकै चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com